प्रधानमन्त्री भट्टराइ लडाकुहरुको दर्जा र मापदण्डमा चलखेल गर्न चाहन्छन: एमाले अध्यक्ष खनाल

२१ चैत्र २०६८, मंगलवार ०२:२५ मा प्रकाशित

काठमाडौ, २० चैत । एमाले अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया र संविधान निर्माणमा बन्न लागेको विश्वासको वातावरण प्रधानमन्त्री बाबुराम भट्टराइले विगार्न खोजेको आरोप लगाएक छन्। अध्यक्ष खनालले विज्ञप्ती जारी गरि प्रधानमन्त्री बाबुराम भट्टराइले आफ्नो पार्टीप्रति लक्षित गरि विज्ञप्ती जारी गरेकोमा आपत्ति जनाउँदै यसलाई सहमतिको प्रक्रियालाई अवरोध गर्ने कदमको रुपमा टिप्पणी गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले सम्वादताहरुसंग भने प्रधानमन्त्री बाबुराम भट्टराइले एमालेमाथि निक्रिष्ट आरोप लगाएर वक्तव्य जारी गर्नु भएको छ,यसले बन्न लागेको विश्वासको वातावरण विगार्नसक्छ । आइतबारको बैठकमा शुक्रबार भएको सहमति बिरुद्द प्रधानमन्त्री उभिएको भन्दै एमालबाट बिषेश समितिमा प्रतिनिधित्व गर्ने महासचिव इश्वर पोखरेलल र भिम रावलले प्रतिवाद गरेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराइको तर्फबाट एमाले प्रति लक्षित विज्ञप्ती आएपछि सोमबार एमाले स्थायी समितिको अनौपचारिक बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीको शैली प्रति आपत्ति जनाउदै शान्ति प्रक्रिया सम्बन्धि काम सात बुदे सहमति बिपरित हुनसक्ने निष्कर्ष निकालेको छ । खनालले बिषेश समितिको बैठकमा प्रधानमन्त्री नै सहमति विपरित हिड्न खोजेपछि एमाले प्रतिनिधिहरुले त्यसको प्रतिवाद गरेको खनालको दाबी छ । दलहरुबीच शुक्रबार चैत मसान्त भित्र हतियार बुझाएर सायमोजनमा जाने र लडाकुलाई सेनामा जिम्मा लगाउने सहमति भएको थियो । तर त्यसको प्रक्रिया मापदण्डको बिषयमा निष्कर्ष निस्केको थिएन । त्यही बिषयमा छलफल गर्न आइतबार बसेकेा बैठकमा शुक्रबार नै सहमति भइसक्यो अब समायोजनको जिम्मा प्रधानमन्त्री र सेनालाई दिए हुन्छ भन्ने प्रस्ताव प्रधानमन्त्रीले राखेपछि एमाले प्रतिनिधिले त्यस्तो सहमति नभएको भन्दै आपत्ति जनाएका थिए । यो प्रकरणलाई एमालेले प्राविधिक कुरा नमिलाई बिषेश समिति मातहतका लडाकुलाई सेनामा बुझाएर माओवादीले चलखेल गर्न खोजको रुपमा बुझेको छ । सेना प्रधानमन्त्रीको मातहत हुने भएकाले प्रधानमन्त्रीकेा निर्देशन मान्न उ बाध्य हुन्छ । पहिले नै सेनालाई जिम्मा दिएपछि प्रधानमन्त्रीले आफूले भनेअनुसार लडाकुहरुको दर्जा, मापदण्डमा चलखेल गर्नसक्ने आशंका गर्दै एमालेले सबै बिषय बिषेश समितिले नै टुग्याउनुपर्ने अडान राखेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको