पीडित चिकित्सकलाई किन ढाँटे बाबुरामले !

१६ चैत्र २०६९, शुक्रबार २२:११ मा प्रकाशित

मुक्तिनाथ भुसाल, रुपन्देही, १६ चैत । जीवनका उर्वर २५ वर्ष अरुको उपचारमा गुजारेका रुपन्देही मुर्गियाका डा. चित्रप्रसाद शर्मा वाग्ले यतिबेला आफैं क्यान्सरबाट थलिएका छन् । दैवको प्रहारलाई त डा. शर्माले स्वीकार गरेकै थिए तर उनलाई यतिबेला थप पिडा दिएको छ सरकारको धोकेवाज रवैयाले ।
०५८ सालदेखि लगातार १२ वर्ष अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत रहँदा इमानदार स्तरीय सेवाका कारण समस्त जिल्लावासीको आँखाका नानी बन्न पुगेका चित्र शर्मा सरकारले जहाँ खटाए पनि कुनै प्रतिवाद र गुनासो नगरी सरुवा गरेको ठाउँमा सेवा गर्न पुग्थे । उनको बिरामीप्रतिको समर्पित सेवाबाट प्रभावित भई नेपाल सरकारले धर्म पहाडी स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको थियो । राष्ट्रपतिको हातबाट डा. वाग्लेले सो सम्मान थापेका हुन् । यिनै होनहार चिकित्सक आज क्यान्सरबाट थलिएका छन् र उपचारका लागि २५ लाख खर्च भइसकेको र अझ त्यति नै खर्च लाग्ने दिल्लीस्थित उनको उपचारमा संलग्न अस्पतालले जनाएको छ । निजामती कर्मचारीले पाउने सुविधावापत पाँच लाख उनले पाएका हुन् तर बाँकीको जोहो कसरी गर्ने भन्ने चिन्ताले डा. वाग्लेलाई थप गलाएको छ । पत्रपत्रिकामा उनको योगदान र आर्थिक अभावबारे समाचार प्रकाशित भएपछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. वाग्लेलाई भेटेरै सबै खर्च सरकारले व्यहोर्ने जानकारी दिएका थिए । तर, अहिले सम्बन्धित निकायमा पहल गर्दा हामीलाई जानकारी छैन भन्दै पन्छिने गरेबाट डा. भट्टराईले पनि मन्त्रिपरिषद्बाट निर्णय नगराई डा. वाग्लेलाई खुशी तुल्याउन मात्र भनेका रहेछन् भन्ने प्रस्टिएको छ ।
हजारौँ जनताको जीवन बचाउन सफल डा. वाग्लेको जीवन बचाउका लागि गम्भीरताका साथ नेपाल सरकारको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन