बेलायतमा पनि चलिरहेको बसभित्र किशोरी बलात्कृत

१६ चैत्र २०६९, शुक्रबार २२:०० मा प्रकाशित

एजेन्सी । बेलायतको शहर ग्लासगोमा चलिरहेको बसभित्र एक १४ वर्षिया किशोरीमाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । सिल्वरबर्न सपिङ सेन्टरबाट ग्लासगोका लागि छुटेको डबल डेकर बसमा स्थानीय समयअनुसार गत शुक्रबार राती दश बजे किशोरीमाथि बलात्कार भएको हो ।
आफ्नी एक सहेलीको साथ किशोरी यात्रारत थिइन् । बसको तल्लो तहमा रहेकी किशोरी एकक्षणपछि माथिल्लो डेकमा उक्लेकी र त्यहाँ रहेकामध्ये सुरुमा दुईजनाले किशोरीलाई जिस्क्याउन सुरु गरेका थिए । जिस्काउने क्रम यहाँसम्म बढ्यो कि बसमै ती दुईले किशोरीमाथि बलात्कार गर्न पुगे । एकछिनपछि उनकी साथी पनि माथि उक्लिइन् जतिबेला किशोरी बलात्कारको शिकार भइसकेकी थिइन् । साथीको हालत देखेर स्तव्ध भएकी तिनले एलार्म बजाइन्, त्यसपछि उनीहरुको मद्दको लागि तलको डेकबाट दुई पुरुष माथि उक्लेका थिए । लगभग १८ देखि २० वर्ष उमेर समूहका बलात्कारीहरु त्यहाँबाट उम्कन सफल भएका र उनीहरुको सीसीटीभी फुटेज पनि फेला नपरेको समाचारमा जनाइएको छ ।
पीडित किशोरीलाई अन्य चोटपटक नलागेको र अवस्था सामान्य रहेको र घटनामा पीडितालाई मद्दत पुर्याउने दुई पुरुषको माध्यमबाट प्रहरी अभियुक्तहरुको खोजीमा जुटेको एजेन्सीहरुले उल्लेख गरेका छन् । स्मरण रहोस्। गत जनवरीमा भारतको राजधानी नयाँदिल्लीमा पनि चलिरहेको बसमा एक कलेज छात्रामाथिसामूहिक बलात्कार भएको थियो । बलात्कृत युवतीको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि