भ्रष्टाचारको अखाडा बनेको भन्दै जिविसमा बम विष्फोट

१६ चैत्र २०६९, शुक्रबार २१:३२ मा प्रकाशित

काठमाडौं, १६ चैत । निर्वाचनको वातावरण बन्दै गएको परिवेशमा मधेसतिरबाट फेरि अस्थिरताको गन्ध आउन थालेको छ । एकपछि अर्को आपराधिक घटना गराएर जनमानसमा त्रास फैलाउने र शान्त देखिन लागेको राजनीतिक अवस्थालाई बिथोल्ने प्रयास भएको अनुभूति गरिन थालिएको छ । यसै क्रममा जिल्ला विकास सिरहाका एलडिओ निवासमा शुक्रबार बम विष्फोट गराइएको छ । तीनरचार जनाको समूहले एलडिओ निवासमा बम फालेको केही केहीबेरमै विष्फोट भएको थियो । विष्फोटका बेला भवन खाली रहेकाले मानवीय क्षति हुन भने नपाएको बताइएको छ । स्थानीय विकास अधिकारी विजयराज सुवेदीले जिल्ला विकासलाई भ्रष्टाचारको केन्द्र बनाइ अतुक सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै सोही बहानामा बम विष्फोट गराइएको हो ।
उक्त विष्फोटको घटनाको जिम्मेबारी तराई कम्युनिष्ट पार्टी नामक भूमिगत संगठनले लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक