गेस्ट हाउसमा रात बिताएकी गिता बिहान पासोमा

१६ चैत्र २०६९, शुक्रबार २१:०६ मा प्रकाशित

काठमाडौं, १६ चैत । सप्तरीकी एक ३६ वर्षीया महिलालाई जबर्जस्ती अनुचित कार्य गर्न खोजेको अभियोगमा प्रहरीले बसवालपुर–६ बस्ने ३५ वर्षीय डम्बर नारायण सरदारलाई पक्राउ गरेको छ । सरदारले बसलपुरकै ती महिलालाई शुक्रबार दिउँसो २ बजेतिर महिलाको घरमा पुगी ढोका ढकढकाई जबर्जस्ती घरभित्र प्रवेश गरी अनुचित कार्य गर्न खोजेको भनि पीडित पक्षले निवेदन दिएको प्रहरीले जनाएको छ । सो उजुरीका आधारमा प्रहरी चौकी कठौनाले निजलाई पक्राउ गरेको थियो ।
यसैगरी काठमाडौं महानगरपालिका–२९ मित्रनगरस्थित लुम्बिनी–अर्घाखाँची किमडाँडा गेष्ट हाउसमा दाङ लालमटिया–९ घर हुने २० वर्षीया गिता गिरी शुक्रबार बिहाने झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छन् । नवलपरासी जिल्ला अमरापुरी–२ घर हुने ३४ वर्षीय कृष्णबहादुर थापा र निज गिरी बिहिबार उक्त गेस्टहाउसमा सँगै बसेकोमा बिहान कोठाको ढोका बन्द भएको र बोलाउँदा नबोलेको भनि गेष्टहाउस संचालकले प्रहरीलाई जानकारी गराएपछि महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी बृत्त महाराजगंजबाट प्रहरी टोली खटी गई बुझ्दा मृतकका पार्टनर कृष्णबहादुर गेष्ट हाउसबाट बिहानै बाहिरिएको बुझिएको थियो । स्थानियबासी र प्रहरी समेतले बन्द कोठाको ढोका खोली हेर्दा कोठाको बिच भागमा सिलिङ फ्यानमा गिता गिरी सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।
निजसँगै गेष्ट हाउसमा बसेका कृष्णबहादुर थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको