भक्तपुरमा आयोग कार्यालयमै आक्रमण

१६ चैत्र २०६९, शुक्रबार १४:३० मा प्रकाशित

काठमाडौं, १६ चैत । वर्तमान सरकार निर्माण प्रक्रियाप्रति असन्तुष्टि दर्शाउँदै निर्वाचनको बिरोधमा उत्रिएका दलहरुसँग छलफल गरी चुनावका लागि सहमत गराउने योजना प्रमुख राजनीतिक दलहरुले बनाए पनि वैद्यपक्षीय माओवादीको अगुवाईमा मतदाता संकलनका लागि खटिएका निर्वाचन आयोगका कर्मचारीमाथि हुँदैआएको आक्रमण रोकिएको छैन । चालिसभन्दा बढी जिल्लामा फोटोसहितको नामावली संकलन कार्यमा माओवादीले अबरोध पुर्याएका समाचार आएका छन् ।
यसैक्रममा शुक्रबार जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा तोडफोड गरिएको छ । मतदाता परिचयपत्रका लागि फोटो खिच्ने भन्दै मास्क लगाएर कार्यालयमा प्रवेश गरेका चारजनाको समूहले कार्यालय तोडफोड गरेका हुन् । उनीहरुले ल्यापटप र फोटोकपी मेसिन १ थान तोडफोड गरी कार्यालयका फर्निचरहरु समेत फालेका थिए । मतदाता परिचय पत्र बनाउनका लागि भरिएको ६६ वटा फारम पनि उनीहरुले च्यातेको बताइएको छ भने उनीहरुले आफूलाई माओवादी कार्यकर्ता भनेर परिचय नदिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा