प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्युपछि पृथ्वीराजमार्ग अवरुद्ध, जीप दुर्घटनामा चारको मृत्यु

१६ चैत्र २०६९, शुक्रबार ११:२३ मा प्रकाशित

काठमाडौं, १६ चैत । प्रहरी नियन्त्रणमा रहेको अवस्थामा तनहुँका एक युवकको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरुले पृथ्वीराजमार्ग बन्द गराएका छन् । लागू औषध सेवन गरेको अवस्थामा बिहीबार राति तनहुँको व्यास-१, हाइस्कूलटारबाट प्रहरीले नियन्त्रणमा लिएको पोखरीभञ्ज्याङ-४ का २२ वर्षीय सुजन तामाडको मृत्यु भएको थियो । नियन्त्रणमा लिएको युवकलाई अस्पताल भर्ना गराइएकोमा अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएको प्रहरीले दाबी गरेको बताइएको छ भने मृतकका परिजनले प्रहरीले हत्या गरेको आरोप लगाएका छन् । लागू औषध परीक्षण गर्न बिहीबार राती नै दमौली अस्पताल लगिएकोमा अस्पताल परिसरबाटै भागेका उनी अस्पताल पछाडिको भीरबाट खसेका र गण्डकी अस्प्ताल पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ। सोही विषयमा उनीहरुले राजमार्ग अवरुद्ध गरेका हुन् भने अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ प्रहरीले जनाएको छ।
यसैबीच डोटीको दिपायलबाट महेन्द्रनगर जाँदै गरेको जिप दुर्घटना हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ भने अन्य ८ घाइते भएका छन् । अमरगढी नगरपालिका वडा न। १ राई मोडमा से १ ज ३२९ नम्बरको जिप दुर्घटना भएको हो ।
घटनास्थलमै ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । गएराति करीव डेढ बजे उक्त दुर्घटना भएको बताइएको छ । उक्त डोटीको दिपायलवाट बिरामी बोकेर आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४