सर्लाहीमा १२ वर्ष मुनिका फुटबल खेलाडीहरुको जिल्लास्तरीय छनौट हुने

२० चैत्र २०६८, सोमबार १७:४९ मा प्रकाशित

सर्लाही, २० चैत । सर्लाहीमा १२ वर्ष मुनिका फुटबल खेलाडीहरुको जिल्लास्तरीय छनौट हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक क्यालेण्डर अनुसार पहिलो चरणको जिल्लास्तरीय छनौट प्रतियोगिता जिल्ला फुटवल संघले लालबन्दीमा गर्न लागिएको हो । युवा खेलकुद विकास परियोजना अन्तर्गत जिल्ला फुटबल संघ सर्लाहीले चैत २१, २२ र २३ गते १२ बर्ष मुनीको खेलाडीहरुको जिल्ला स्तरिय छनौट गर्ने भएको फुटबल सङ्घ सर्लाहीका प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिनुभयो । पहिलो चरण पार गरेका खेलाडीहरुको चैत २७, २८ र २९ गते मकवानपुरको हेटौँडामा दोस्रो चरणको छनौट गरिने र दोस्रो चरण पार गरेका खेलाडीहरुको अन्तिम चरणको छनौट काठमाण्डौमा बैशाख ६ गतेदेखि ९ गतेसम्म हुने जिल्ला फुटवल सङ्घ सर्लाहीले जनाएको छ । छनौटको अन्तिम चरण पार गर्ने खेलाडीहरुलाई अखिल नेपाल फुटवल संघले दैनिक फुटबल प्रशिक्षणका साथै निःशुल्क खान बस्न र अध्ययनको व्यवस्था मिलाउने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई