विवाहको भोज खुवाउने मुडमा छु :: राजेश हमाल

१६ चैत्र २०६९, शुक्रबार ०१:४३ मा प्रकाशित

नेपाली सिनेमाका महानायक राजेश हमाल यस्ता कलाकार हुन् जसको हरेक क्रियाकलाप समाचार बन्ने गर्छन् । हरेक समय चर्चाकै शिखरमा रहिरहने हमाल विगत बीस वर्षभन्दा अगाडिदेखि एकनास चर्चामा रहिरहे । विशेष गरेर अविवाहित यी नायकलाई विवाहको प्रसङ्गले भने प्राय: समाचारमा तानिरह््यो । अहिले पनि उनको विवाहको विषयले बजार गरम भइरहेको छ । आफ्ना समकालीनहरूले नाति–नातिनी खेलाइसक्दा पनि हमाल भने अविवाहित नै छन् । यसै सेरोफेरोमा रहेर यसपटक महानायक राजेश हमालसँग केही कुराकानी गरिएको छ ।
० फेरि उठ्यो नि विवाहको कुरा ?
– यो कुरालाई म नयाँ मान्दिनँ । पहिला पनि उठ्थ्यो अहिले पनि उठ्यो ।
० बजारमा आएको तपाईंको पे्रमिकाको तस्बिर के हो त ?
– त्यो तस्बिरबारे अहिले केही नबोलौँ, समय आफैँ बोल्छ, होइन र ?
० तपाईंको विवाहको कुरा त राष्ट्रिय चर्चाकै विषय भयो नि ?
– त्यस्तो हुनुनपर्ने हो तर साथीभाइहरूले त्यस्तो बनाइदिनुभयो ।
० साँच्ची विवाहचाहिँ अहिलेसम्म किन नगर्नुभएको नि ?
– नढाँटीकन भन्नुपर्दा समय नमिलेर ।
० भनेपछि अब समय मिल्लाजस्तो छ ?
– त्यस्तै भनौँ न ।
० आफ्ना साथीभाइहरूको परिवार, बच्चा वा नातिनातिनी देख्दा कस्तो लाग्छ ?
– भनिन्छ नि ! लेखेको पाइन्छ देखेको पाइँदैन । हो, मैले यो कुरालाई त्यही रूपमा लिएको छु ।
० आफ्ना अरूको पक्षको बारेमा भन्दा पनि बारम्बार सबैबाट विवाहकै बारेमा धेरै कुरा सुन्दा कस्तो लाग्छ ?
– मैले यसको जवाफ यति दिएँ कि अब त जवाफ नै छैन र अर्को कुरा यी कुराहरूले गर्दा मेरा अन्य पक्ष छायामा पर्ने त होइनन् ? जस्तो लाग्न थालेको छ ।
० भनेपछि अबचाहिँ तपाईं विवाह गर्ने मुडमा हुनुहुन्छ ?
– मुडमा त म सधैं छु नि । तर साइत नजुरेको हो भन्नुपर्छ यसलाई । आफूले मात्र मुड बनाएर हुन्न नि । उताबाट पनि मुड बन्नुपर्यो नि ।
० उताबाट भनेको कताबाट ?
– समय आएपछि सबै छर्लङ्ग हुन्छ ।
० विवाह केका लागि गरिन्छ होला त ?
– म अविवाहितलाई के थाहा ? यो त अनुभवीलाई सोध्नुपर्यो नि ।
० यदि विवाहको मुड बनाएको हो भने तपाईंचाहिँ केका लागि विवाह गर्दै हुनुहुन्छ नि ?
– म पनि सोच्दै छु कि म केका लागि विवाह गर्दै छु । अनि विवाह किन गर्ने ? त्यो प्रश्न पनि छ । यसको जवाफ म मेरा साथीहरूसँग माग्दै छु ।
० तपार्इंको विवाहको भोज ७० सलामा खान पाइन्छ त ?
– म त धेरै पहिलेदेखि नै भोज खुवाउने मुडमा छु नि । तर के गर्ने समयले साथ दिएन । एक दिन खानुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई

भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो

बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता कम्पनी