असन्तुष्ट पक्षलाई सकभर सम्झाउने नभए राज्यशक्ति प्रयोग गरिने ओलीको चेतावनी

१५ चैत्र २०६९, बिहीबार २२:३३ मा प्रकाशित

काठमाडौं, १५ चैत । संविधानसभा निर्वाचनको विरोधमा सडकमा उत्रिएका दलहरुको माग समयानुकुल नभएकोले आसन्न निर्वाचन विथोल्न खोज्नेलाई सकभर सम्झाउने नभए राज्यशक्ति प्रयोग गरेर भए पनि ठिक लगाउने चेतावनी नेकपा एमालेका प्रधावशाली नेता केपी ओलीले दिएका छन् । २०६४ सालमा भएको संविधानसभाको निर्वाचन आतंकको छायाभित्र भएको तर आगामी निर्वाचन त्यो प्रकृतिको हुन नसक्ने भन्दै ओलीले अबको निर्वाचनमा नेपाली जनताले लोकतन्त्रवादी शक्तिलाई दुईतिहाई बहुमत दिने विश्वास ब्यक्त गरे ।
चुनावविरोधिहरुसँग छलफल अघि बढाउने लगायतका मुद्दामा छलफल गर्नका लागि भोली शुक्रबार बिहान उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्न लागेको जानकारी पनि नेता ओलीले दिए । असन्तुष्टहरुलाई इंगित गर्दै उनले भने– ‘सबैलाई अस्वीकार हुने नीतिले आफैलाई कमजोर र एक्लो बनाउँछ, यो विषय उहाँहरुले पनि राम्ररी बुझ्नु पर्छ ।’
एमाओवादीलाई पनि ओलीले बाँकी राखेनन्, उनले भने– ‘चुनावमा हार्ने डर भएका अलोकतान्त्रिक दलहरुले गठबन्धन तयार पार्दैछन् त कोही चुनाव भाँड्न लाग्दैछन्, तर त्यसलाई एमाले चिर्दै अघि बढ्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय