पूर्वयुवराज पारशलाई अस्पतालले छुट्टी दियो

१५ चैत्र २०६९, बिहीबार २१:४३ मा प्रकाशित

काठमाडौं, १५ चैत । हृदयाघातपछि बैंककमा उपचार गराइरहेका पूर्वयुवराज पारश शाहलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । पाँच साताको उपचारपछि अवस्था सामान्य भएकोले डिस्चार्ज गरिएको समितिभेज अस्पतालले जनाएको छ । गत फागुन ८ गते अस्पताल भर्ना गरिएका पारशको ११ दिनपछि अर्थात् फागुन १९ का दिन मात्र होस खुलेको थियो । उनलाई अस्पताल भर्ना गरिएको भोलीपल्ट उनका बारे अत्यन्त भ्रमपूर्ण अफवाह फैलाइएको थियो । त्यसरी अफवाह फैलाएर जनमानसलाई भ्रमित तुल्याउने कार्यको अगुवाई गरेको भन्दै आम तप्काले एमाओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको घोर आलोचना गरेका थिए । त्यसरी पारशका बारे अनर्गल प्रचार गर्नेमा आफ्ना छोराको भूमिका रहेको जानकारी पाएपछि प्रचण्डले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलगायतका एमाओवादी नेताहरुसमक्ष बालुवाटारमा ‘यो कपुत कहिल्यै नसुध्रिने भयो’ भन्दै आफैलाई धिक्कारेको कुरा पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको थियो ।
बैंककबाट एनआरएनका सुनिल खड्काले जानकारी गराएअनुसार चिकीत्सकीय निगरानी अपरिहार्य रहेकाले आगामी एक महिना पारशले बैंककमै गुजार्नु पर्नेछ भने त्यसपछि पारशको चाहनालाई ध्यानमा राखेर उनको नेपाल आगमनको मिति तय गरिनेछ । स्मरण रहोस्, पूर्वयुवराज पारश नेपाल फर्कंदा विमानस्थलदेखि नै भव्य स्वागत गरी भित्र्याइने तयारी उनका अनुयायीहरुले गरेको राप्रपा नेपालसम्वद्ध सुत्रले दाबी गरेको छ । पारशको स्वास्थ्यमा चामत्कारिक सुधार भएपछि पूर्वराजा ज्ञानेन्द्रलगायतका आफन्तहरु भने अब केही दिनमै स्वदेश फर्कने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस