रुसको साइबेरियामा विमान दुर्घटना, ३२ को मृत्यु

२० चैत्र २०६८, सोमबार १७:४८ मा प्रकाशित

काठमाडौ, २० चैत । रुसको साइबेरिया क्षेत्रमा आज बिहान एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । साइबेरिया मस्कोदेखि एक हजार ७०० किलोमिटर पूर्वमा पर्दछ । यस विमानमा चार चालकदलका सदस्य र ३९ जना यात्रु रहेको समाचारमा जनाइएको छ । फ्रेन्च र इटालीको संयुक्त लगानी बनेको एटीआर–७२ नामक यस विमान उडानकै क्रममा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाबाट ३२ जनाको मृत्यु हुनुका साथै  ११ जना घाइते भएको पनि समाचारमा प्रष्ट पारिएको छ । दुर्घटनाको कारण हाल थाहा नभएको र उद्धारकार्यमा २ सय ३२ जना उद्धारकर्मी र अनुसन्धानकर्ता दुर्घटनाग्रस्त स्थलमा रहेका जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो

नयाँ दिल्ली । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया