मण्डेला फेरि अस्वस्थ

१५ चैत्र २०६९, बिहीबार १७:२४ मा प्रकाशित

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । फोक्सोमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको एजेन्सीहरुले जनाएका छन् । ९४ वर्षिय मण्डेलालाई पित्तको पत्थरीका कारण उपचारार्थ गत दिसेम्बरमा १८ दिन अस्पताल राख्नुपरेको थियो । केही समययता मण्डेलाको स्वास्थ्य चिन्ताको विषय बन्दै आइरहेको छ । पछिल्लो २ वर्षका दौडानमा उनलाई चार पटक अस्पताल भर्ना गर्नु परेको छ ।
रंगभेदको विरुद्ध संघर्षको अभूतपूर्व नेतृत्व गरेका कारण मण्डेलालाई दक्षिण अफ्रिकाका राष्ट्रपिता मानिन्छ । २७ वर्ष लगातार जेलमा बिताउनु पर्दा उनलाई जेलभित्रै क्षय रोगले गाँजेको थियो । मण्डेला यतिबेला आफ्नो बाल्यकाल बितेको स्थान पूर्वी केप प्रान्तको सानो गाउँ कुनुमा बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका

सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका