भारतले राख्यो सहयोगको प्रस्ताव

१५ चैत्र २०६९, बिहीबार १४:४३ मा प्रकाशित

काठमाडौँ, १५ चैत्र । नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेका छन् । रेग्मीसँगको भेटमा राजदूत जयन्तले नेपाललाई निर्वाचनका लागि आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्ने प्रस्ताव गरेको बुझिएको छ । बताइएअनुसार नयाँ सरकार गठन भएपछि पहिलो पटक नेपाल सरकारका प्रमुखसँग भेटघाट गरेका भारतीय राजदूतले सुरुमा सरकारलाई बधाई तथा शुभकामना दिए भने त्यसपछि सहयोगको प्रस्ताव राखेका थिए । राजदूतको आशय बुझेपछि रेग्मीले निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शपछि आवश्यक सहयोग लिने जवाफ दिएको बताइएको छ ।
शितलनिवास स्रोतका अनुसार भारत र नेपालबीच लामो समयदेखि रही आएको दुई देशबीचको सम्बन्ध अझ दिगो हुनेमा दुवै तर्फबाट विश्वास व्यक्त गरिएको थियो । रेग्मीले सहयोगको प्रस्तावप्रति भारत सरकारलाई धन्यवाद दिएको पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर