रेग्मीको राजीनामा माग्न कांग्रेसभित्र दबाव पर्ने

१५ चैत्र २०६९, बिहीबार ०९:०० मा प्रकाशित

काठमाडौं, १५ चैत । यही चैतको आगामी २६ देखि २९ गतेसम्म नवलपरासीमा नेपाली कांग्रेसको महासमिति बैठक बस्न लागेको छ । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको साढे दुई वर्षपछि पहिलो पटक हुन लागेको उक्त बैठक काङ्ग्रेस इतिहासकै महत्वपूर्ण हुने ठानिएको छ । बैठकमा संविधानसभा निर्वाचनको रणनीति तथा पार्टीको कार्यदिशा तय गरिने भएको छ । बैठकमा पार्टी नेतृत्वबाट भएको कमी–कमजोरीबारे खुलेर समीक्षा गरिनुका साथै कामको मूल्याङ्कन गरिने बताइएको छ ।
सात सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आसन्न महासमितिको बैठकलाई लक्षित गरी आज बिहिबार काङ्ग्रेस केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समितिमा महासमिति बैठकमा प्रस्तुत गरिने एजेण्डा तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिएका छन् ।
बैठकमा काङ्ग्रेसका केही नेताले समसामयिक राजनीतिक परिस्थितिको विषयमा भन्दै पार्टी नेतृत्वले गरेका दर्जनभन्दा बढी निर्णयप्रति आपत्ति जनाउ‘दै फरक विचार प्रस्तुत गर्ने तयारी गरेका छन् । उनीहरूले एमाओवादी, एमाले, मधेसी मोर्चाका सीमित नेताहरूको इसारामा पार्टी नेतृत्वले पार्टी केन्द्रीय कमिटीमा कुनै छलफल र बहस नै नगरी सम्झौता गरेको, बाधा अड्काउ फुकाउसम्बन्धी धारालाई गलत रूपमा व्याख्या गरेको, शक्ति पृथकीकरणको सिद्धान्तलाई कुल्चँदै शक्ति केन्द्रीकृत सिद्धान्त अवलम्बन गरेकोलगायतका विषयलाई समेटी छुट्टै अवधारणा पेस गर्ने तयारी गरेका छन् । उनीहरूले पार्टी नेतृत्व पार्टीको मूल सिद्धान्तबाट बाहिरिँदै गएको भन्दै पार्टीको सिद्धान्तमा हिँडाउन पनि फरक विचार प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बैठकमा फरक मत प्रस्तुतिका लागि काङ्ग्रेसका, पूर्णबहादुर खड्का, शेखर कोइराला, गोपालमान श्रेष्ठ, एनपी साउद, चन्द्र भण्डारी, गगन थापा, सुजाता कोइरालालगायतका नेताहरूले यसको तयारी गरिरहेका छन् । उनीहरूले अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्षलाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन लगाउनुपर्ने प्रस्तावसमेत अघि सार्ने तयारी गरेको बुझिएको छ । आसन्न महासमिति बैठकलाई लक्षित गरी केन्द्रीय समिति बैठक बोलाए पनि बैठकमा समसामयिक विषयले प्रमुखता पाउने उल्लेख गर्दै एक केन्द्रीय नेताले पार्टी नेतृत्वबाट भएका कमी–कमजोरीलाई नेतृत्व तहबाटै सच्याएर नलगे त्यसले महासमिति बैठकमा थप उग्ररूप लिन सक्ने भएकोले पनि यसपटकको केन्द्रीय समिति बैठकमा ती सबै कुरालाई टुङ्ग्याएर लैजानुपर्छ भन्ने मान्यतामा आफूहरू रहेको जानकारी दिए । यही अवस्थामा महासमिति बैठकमा जाँदा पार्टीको तल्लो तहसम्म फरक मत जाने भएकाले फरक मतलाई केन्द्रमा नै रोक्ने विषयमा पनि गम्भीर छलफल हुने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र