राजधानीमा पुष्प मेला आयोजना

१५ चैत्र २०६९, बिहीबार ०८:४८ मा प्रकाशित

काठमाडौं, १५ चैत । ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ मूल नारासहित आजदेखि राजधानीमा पुष्प मेला सुरु हुन लागेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा आगामी १८ गतेसम्म हुने पुष्प मेलामा ७५ लाखभन्दा बढीको कारोबार हुने फ्यानले अनुमान गरेको छ । मेला संयोजक समितिका संयोजक तथा फ्यानका उपाध्यक्ष कुमार कसजू श्रेष्ठले मेलामा विभिन्न मौसमी फूलका बिरुवा, कृषि औजार, बिरुवालाई आवश्यक पर्ने मल तथा सजावटका सामग्रीको प्रदर्शनी र बिक्री गरिने बताए । ६५ हजारले अवलोकन गर्ने अनुमान गरिएको मेलामा उत्कृष्ट पुष्प व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने उनले बताए ।
भृकुटीमण्डपमा हुने मेलामा ५३ व्यावसायिक स्टल, पाँच सूचना केन्द्र र दुईवटा स्टलमा फूलका बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी गर्ने कार्यक्रम तय भएको बताइएको छ । मेला अवलोकनकर्ताले पुष्प खरिदका साथै कट् फ्लावर, ड्राइ फ्लावर, सुनाखरीलगायतका पुष्प तथा पुष्पका बीउविजन, कृषि औजार, प्याकेजिङ सामग्री, सूक्ष्म थोपा सिँचाइ प्रविधि र बिषादीबारे जानकारी लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण