तलबभत्ता र कारोबारका लागि जग्गा बेच्दै नेसनल ट्रेडिङ

१५ चैत्र २०६९, बिहीबार ०८:२५ मा प्रकाशित

काठमाडौं, १५ चैत । कारोबार सञ्चालनका लागि रकम अभाव भएको भन्दै सरकारी स्वामित्वको संस्थान नेसनल ट्रेडिङले केन्द्रीय कार्यालय टेकुमा रहकेका १८ रोपनी जग्गा बेच्ने तयारी गरेको बुझिएको छ । बिक्री गर्नुपर्ने मौज्दात सामान सकिँदै गएको र सामान आयातका लागि नगद अभाव भएको भन्दै ट्रेडिङले कार्यालयपरिसरको २१ रोपनीमध्ये जम्मा तीन रोपनी बाँकी राखेर अरु बेच्न लागेको स्रोतको कथन छ । सो जग्गा नेपाल टेलिकम या राष्ट्रिय बिमा संस्थानमध्ये एकले किन्ने विषयमा छलफल अघि बढेको बताइन्छ ।
४ सय कर्मचारी कार्यरत ट्रेडिङका कर्मचारीले दुई महिनादेखि पारिश्रमिक र भत्ता पाएका नपाएका र चार महिनादेखि कर्मचारीको नाममा सञ्चय कोषमा रकम जान छाडेको बताइन्छ । सरकारी स्वामित्वमा रहेको ट्रेडिङले करिब दुई वर्षदेखि नयाँ समान आयात गर्न नसकेको सञ्चालक समितिका अध्यक्ष दीर्घराज श्रेष्ठको कथन छ । उनका अनुसार मेसिनरी समान, लत्ताकपडा, रड र पेयपदार्थलगायतको कारोबार गर्ने ट्रेडिङले तीन–चार वर्षअघिदेखिको स्टक सामान मात्रै बिक्री गर्दै आएको छ भने उसको सञ्चित घाटा करिब ७० करोड रुपैयाँ पुगिसकेको छ । जग्गा बिक्री भएपछि विदेशबाट समान आयात गर्न एलसी खोल्ने काम द्रुतगतिमा अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले आशा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी