उपभोक्ता समितिका अध्यक्ष नै काठ तस्करीमा पक्राउ

१५ चैत्र २०६९, बिहीबार ०७:४० मा प्रकाशित

काठमाडौं, १५ चैत । बन जोगाउने अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिइएका एक सामुदायिक वन  उपभोक्ता समितिका अध्यक्ष काठ तस्करीको अभियोगमा पक्राउ परेका छन् । बाँके जिल्ला वन कार्यालयले जिल्लाको कचनापुरबाट अवैध ढंगले कटान गरिएको सालको गोलिया काठसहित हरियाली सामुदायिक वन उपभोक्ता समूह कचनापुरका अध्यक्ष भगवतीप्रसाद चौधरीलाई पक्राउ गरेको हो । यसरी वन संरक्षणको जिम्मा लिएका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नै करिब ३ हजार २ सय क्युफिट अवैध काठसहित तस्करीको अभियोगमा पक्राउ परेपछि बाँकेमा काठ तस्करीमा सर्वसाधारणभन्दा उपभोक्ता समितिका पदाधिकारीहरु नै संलग्न हुने गरेको रहश्योद्घाटन भएको छ ।
सामुदायिक वनका पदाधिकारीले अवैध रूपमा आफूखुसी सालको हरियो रूख कटान गरी उपभोक्तालाई वितरण गरेको भन्दै वन कार्यालयले चौधरीलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । अध्यक्ष चौधरीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको र अनुसन्धानपछि वन ऐनअन्तर्गत समूहका पदाधिकारीमाथि मुद्दा दायर गरिने बताइएको छ ।
सामुदायिक वनबाट सुख्खा, ढलापडा र रोगी रूखमात्र काट्न पाउने नियम रहे पनि विधानविपरीत समूहका पदाधिकारीले पैसाको लोभमा अनियमितता गरी सालको हरियो रूख छानी–छानी २ सय ८२ थान गोलिया काठ कटान गरेको एक स्थानीय उपभोक्तले जानकारी गराएका छन् । यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा अवैध काठसहित पदाधिकारी पक्राउ परेका छन् भने विभिन्न वनमा अवैध काठ कटान हुँदै आएको उनको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा