रामेछापको राकाथुममा भएको सवारी दुर्घटनामा मर्नेहरुको सङ्ख्या तीन

२० चैत्र २०६८, सोमबार १७:४२ मा प्रकाशित

रामेछाप, २० चैत । रामेछापको राकाथुम गाविस– ९ देवीथान डाँडामा हिजो साँझ मिनीट्रक दुर्घटना हँुदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उपचारको क्रममा धुलिखेल अस्पतालमा खनियापानी गाविसका ईश्वरराज कोइरालाको मृत्यु भएपछि मर्नेहरुको सङ्ख्या तीन पुगेको हो । यसअघि दुर्घटनास्थमा नै दुईजनाको मृत्यु भएको थियो । राकाथुमको लुभुघाटबाट मन्थलीतर्फ सिंचाई पोखरी निर्माणका सामग्री र यात्रु बोकेर आउँदै गरेको बा २ ख ४४९५ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । खनियापानी गाविस– ९ का आनन्द खड्का र चिसापानी गाविसका प्राविधिक कृष्ण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका गाडी चालक नवराज खत्रीको काठमाडौँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ  । दुर्घटनास्थलबाट स्थानीय बासिन्दाहरुले घाइतेको उद्धार गरी उपचारका लागि हिजै काठमाडौँ पठाएका थिए । उपचारकै क्रममा मध्यरातमा कोइरालाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो भने चालक खत्रीलाई धुलीखेलमा उपचार संभव नभएपछि थप उपचारको लागि नर्भिक अस्पताल काठमाण्डौं पठाइएको हो । दुर्घटनाग्रस्त ट्रक सडकबाट  ५ सय मिटर तल खसेको थियो । घुम्तीमा मोड  काट्न नसकेर पछाडि सार्दै गर्दा दुर्घटना भएको स्थानीयवासीले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई