नुवाकोटमा पनि लुटिए निर्वाचन आयोगका कर्मचारी

१४ चैत्र २०६९, बुधबार ११:२९ मा प्रकाशित

काठमाडौं, १४ चैत । घोषित रुपमै निर्वाचन विथोल्ने कार्यमा अग्रसर वैद्य नेतृत्वको माओवादीले नुवाकोटमा पनि फोटोसहितको मतदाता नामावली सङ्कलक टोलीको सामान लुटेको समाचार प्राप्त भएको छ । मतदाता नामावलीमा संकलनमा अवरोध पुर्याउने नीति भए पनि सामान लुट्ने निर्देशन नदिएको माओवादी नेतहरुको अभिव्यक्तिविपरित नुवाकोटको चतुराले गाविसमा मंगलबारदेखि खटिएका निर्वाचन आयोगका कर्मचारीको सामान लुटिएका हुन् ।  अन्य जिल्लामा जस्तै नुवाकोटमा पनि माओवादी कार्यकर्ताले मतदाता संकलक टोलीको ल्यापटपमै लामो हात गरेको बताइएको छ ।
रातिको समयमा चार जनाको समूहमा नकाब र हातमा लाठी लिएर आएका व्यक्तिहरुले आफूहरु नेकपा(माओवादीको कार्यकर्ता भन्दै निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लुटेर लगेका समाचारमा जनाइएको छ । मतदाता नामावली सङ्कलनको तीनदिने कार्यक्रमअन्तर्गत मंगलबार पहिलो दिन आठ जनाको नाम सङ्कलन गरी चतुराले गाविसको वडा नम्बर १ स्थित मङ्गलदाश श्रेष्ठको घरमा सुत्न लागेको समयमा ल्यापटप, किबोर्ड चार्जर, वेभ क्यामरा, फिङ्गर प्रिन्ट र निर्वाचनसँग सम्बन्धित कागजात लुटेर लगेको कम्प्युटर अप्रेटर रिना अर्याललाई उद्धृत गर्दै जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड