डिएसपी तिम्सिनाले पक्राउ परेकालाई छाड्न १० लाख घुस मागेको आरोप

२० चैत्र २०६८, सोमबार १६:०० मा प्रकाशित

काठमाडौं २० चैत्र । गत १७ गते सुक्रबार हातहतियार ओसार–पसार र लागूपदार्थको कारोबारको आरोपमा पक्राउ परेका सुमन भूजेल र धनबहादुर माझीकी श्रीमातीहरुले आपूmहरुको श्रीमानलाई छोड्नका लागि १० लाख घुस मागेको आरोप लगाएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सुमन भूजेलकी श्रीमती राधा भूजेल र धनबहादुर माझीकी श्रीमति राममाया माझीले आप्mनो श्रीमानहरुलाई प्रहरीले पक्राउ गरी काठमाडौंकै एक होटलमा दुई दिन राखेर हातहतिया र लागूपदार्थ अगाडि राखी जबर्जस्ती हाम्रो हो भन्न लगाएर खाली कागजमा सही गर्न लगाएर फसाएको आरोप लगाईन । उनले आप्mना निर्दोष श्रीमानहरुलाई तत्काल छोड्नका लागि १० लाख रुपैयाँ डिएसपी आभूषण तिमिल्सिनाले घुस मागेको आरोप समेत पत्रकारसम्मेलनमा लगाईन ।
पत्रकार सम्मेलनमा उनले भनिन– हाम्रो श्रीमानहरुलाई डन रमेश पौडेल (बाहुन) को सहयोगी भएको आरोप लगाउँदै राती ८ बजे कपनबाट पक्राउ गरी निर्दोषलाई दोषी सावित गर्न हातहतिया, लागूपदार्थ, रक्त चन्दन तस्करी जस्ता आपराधिक काममा फसाईएको हो, हामी र हाम्रा श्रीमानहरुले डन रमेश पौडेल (बाहुन) लाई चिन्दैनौं तत्कालै हाम्रा श्रीमानलाई नछोडे हामीलगायत बालबच्चाको पनि पालन पोषणको जिम्मा पुलिसले लिनुपर्छ ।
आफूहरु बालुवा गिटीको काम गर्ने र  श्रीमानहरु आफूहरुले तयार पारेको बालुवा गिटीको ठेकेदारीको काम गरी जिवीकोपार्जन गर्दै आएको उल्लेख गर्दै आफ्ना निर्दोष श्रीमानहरुलाई तत्काल नछोडे आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी