नेपाली बजारमा ग्यालेक्सी एसफोर आउँदै

१४ चैत्र २०६९, बुधबार ०७:२१ मा प्रकाशित

काठमाडौं, १४ चैत । सूचनाप्रविधिसम्बन्धी विश्वमा उत्पादन भएका नयाँ उत्पादनको उपभोगमा एक कदम अगाडि रहँदै आएको नेपाली आइटी बजारमा आगामी एक महिनाभित्रै सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोरको बिक्री सुरु हुने भएको छ । सामसुङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले उक्त फोन आयातका लागि प्रतितपत्र खोलिसकेको बताएको छ। ग्यालेक्सनी एसथ्रीको ४.८ इन्चभन्दा ठूलो स्क्रिन रहेको ग्यालेक्सी एसफोरमा ५ इन्चको एमोलिड टचस्क्रिन भने यसको रिजोलुसन १०८०-पी रहेको छ।
दुई गिगाबाइट र्‍याम रहेको ग्यालेक्सी एस फोरका १६, ३२ र ६४ गिगाबाइट आन्तरिक मेमोरी रहेका मोडल छन् भने यसमा ६४ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ। यसमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा छ । यसमा डुअल सट, एचडी भिडियो र तस्बिर रेकर्डिङ, जियो-ट्यागिङ, टच फोकस, फेस र स्माइल डिटेक्सनलगायत विशेषता छन् । यो फोनमा उपभोक्ताले भिडियो हेरिरहेका बेला आँखाको गतिअनुसार प्रतिक्रिया गर्ने क्षमता छ । प्रयोगकर्ताले स्क्रिनबाट आँखा अन्यत्र घुमाए चलिरहेको भिडियो रोकिन्छ भने फेरि स्क्रिनमा हेरेमा भिडियो चल्न थाल्छ। यो सुविधा प्रयोग गरेर स्क्रोल तलमाथि सार्न पनि सकिन्छ। एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि र एस भ्वाइसले सवारीमा फोन गर्नलाई सहायता गर्नेछन्। विभिन्नखाले एप्लिकेसनको माध्यमबाट उपभोक्ताले विशेष सुविधा लिन सक्नेछन्। यो स्मार्टफोनमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्सलगायत सुविधा पनि छन्। नेपाली बजारमा सामसङ ग्यालेक्सी एसफोरको मूल्य अनुमानित ७२ हजार पर्ने भनिए पनि मूल्य निर्धारित भइसकेको भने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर

काठमाडौँ। सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण

म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत