चुनाव भाँड्न माओवादी कटिबद्ध

१३ चैत्र २०६९, मंगलवार २२:२६ मा प्रकाशित

काठमाडौं, १३ चैत । बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा बनेको अन्तरिम चुनावी सरकारको विरोधमा उत्रिएका नेकपा–माओवादीलगायत साना दलहरूले रेग्मी नेतृत्वको सरकारले गराउने निर्वाचनलाई पूर्ण रूपमा विफल पर्ने उद्घोष गर्दै निरन्तर आन्दोलनमा उत्रने प्रतिबद्धता जनाएका छन् । एकीकृत माओवादी, काङ्ग्रेस, एमाले तथा मधेसकेन्द्रित केही दलको सिन्डिकेट र विदेशीको इशारामा संविधानसभाको निर्वाचन हुन लागेको भन्दै वर्तमान सरकार विघटन भएर नयाँ सरकार नबनेसम्म निरन्तर आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन् ।
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सङ्कलन गर्न लागेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यमा उनीहरूले अवरोध पुर्याउँदै आएका छन् । नेकपा–माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘चुनाव हुन नदिने उद्देश्यका साथ हाम्रा कार्यकर्ता विरोधमा उत्रिसकेका छन् ।’ माओवादीका कार्यकर्ताले फोटोसहितको मतदाता नामावली सङ्कलनमा अवरोध पु¥याइरहेका छन् । भुसालले थपिन्, ‘मतदाता नामावलीमै अवरोध पुर्याएपछि असारमा संविधानसभाको चुनाव हुने प्रश्नै उठ्दैन ।’
पूर्वीनेपालका झापा, मोरङ, धनकुटा र सुनसरीमा सङ्घीय लिम्बुवानका कार्यकर्तासँग मिलेर माओवादी कार्यकर्ताले फोटोसहितको मतदाता नामावली सङ्कलनमा गत आइतबारदेखि अवरोध पुयाउन थालेका छन् । देशका अन्य भागमा पनि उनीहरूले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा अवरोध पुर्याएका छन् ।
प्रवक्ता भुसालले थपिन्, ‘हामी कुनै पनि हालतमा निर्वाचन हुन नदिने गरी कार्यक्रम ल्याउ‘छौँ, त्यसका लागि हामी कुनै पनि कार्यक्रम ल्याउन पछि पर्दैनौँ ।’ उनले १ चेतको ‘प्रतिगमन’लाई असफल बनाउन कार्यकर्ता आन्दोलनको मैदानमा उत्रिसकेको दाबी गरिन् । उनका अनुसार कुमार लिङ्देनको नेतृत्वमा रहेको सङ्घीय लिम्बुवान राज्यपरिषद्का कार्यकर्ताले माओवादीसँग मोर्चाबन्दी गरेर पूर्वीनेपालमा मतदाता नामावली सङ्कलनमा अवरोध पुरयाइसकेका छन् ।
सरकारको विरोध तथा निर्वाचन बहिस्कार गर्ने उद्देश्यले माओवादीले विभिन्न साना दलसँग मोर्चाबन्दीसमेत गरिसकेको छ । मोर्चामा विभिन्न जातीय सङ्गठन तथा साना गरी ३३ दलको सहभागिता रहेको छ  । मोर्चाले दशदिने आन्दोलनको कार्यक्रमसमेत तय गरिसकेको छ । आन्दोलनका कार्यक्रम सार्वजनिक गरे पनि मतदात नामवली सङ्कलनमा अवरोध पुरयाउने भन्ने उल्लेख छैन । मोर्चाको विरोध कार्यक्रमअनुसार यही १५ देखि २५ चैतसम्म कोणसभादेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । नेकपा–माओवादीका नेता देव गुरुङका अनुसार १५ गते देशका मुख्य सहरहरूमा कोणसभा गरी विरोधका कार्यक्रम सुरु हुनेछ । त्यस्तै १६, १७ र १८ गते देशव्यापी भित्तेलेखन तथा प्रचारप्रसार, १९ गते ठूला सहरहरूमा विरोध सभा, २० चैतमा बिहान ९ देखि ११ बजे काठमाडौंमा सिंहदरबार र सबै जिल्लामा प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै २१ गते कालोझन्डासहित मोटरसाइकल र्याली, २२ गते कोण्ँसभा र २५ चैतमा नेपाल बन्द गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
वर्तमान सरकार विघटन गरी राष्ट्रिय सहमतिको सरकार गठन नगरेसम्म आन्दोलन स्थगित नहुने जानकारी गराउँदै उनले भने, ‘हामीले अघि सारेको मुद्दालाई स्थापित गर्न आन्दोलनको विकल्प छैन ।’ आन्दोलनरत दलहरूले प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद् गठनका लागि संविधान संशोधन गर्न जारी गरेको अध्यादेश खारेज हुनुपर्ने माग पनि राखेका छन् ।
रेग्मी नेतृत्वको सरकारलाई विफल बनाउन माओवादीले मोर्चा गठन गरे पनि अन्य साना दल भने चुनावमा जाने/नजाने भन्ने स्पष्ट भइसकेका छैनन् । मोर्चामा आबद्ध मधेशी जनअधिकार फोरमका पूर्वनेता किशोर विश्वासले भने, ‘हामी संविधानसभाको विरोधमा छैनौँ तर, प्रतिगमनविरोधी आन्दोलनमा होमिएका छौँ ।’ विश्वासको वातावरण बनाउन निर्वाचन आयोगले आफ्नो काम अविलम्ब सुरु गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको