जबर्जस्ती गरेको भन्दै पत्नीले थुनाइन् पति

१३ चैत्र २०६९, मंगलवार २१:५५ मा प्रकाशित

काठमाडौं, १३ चैत । बलात्कार भन्ने वित्तिकै कुनै पराया व्यक्तिले महिलामाथि जवर्जस्ती यौन सम्बन्ध राखेको बुझ्ने गरिएको छ । आफ्नै पत्नीले पतिमाथि बलात्कारको आरोप लगाइन् भने नेपाली समाजले त्यसलाई आश्चर्यकै रुपमा हेर्छ । तर, यस्तै घटना घटेको छ सप्तरी राजविराजमा ।
राजविराजको देउरी गाविसका विश्वनाथ साहलाई उनी पत्नी आशाले बलात्कारको आरोप मात्र लगाइनन्, प्रहरीमा उजुरी हालेर उनलाई पक्राउने प्रक्रियासमेत सम्पन्न गरेकी छिन् । आफूमाथि इच्छाविपरित विश्वनाथले जबर्जस्ती यौन सम्पर्क गर्दैआउको भनी आशाले उजुरीमा स्पष्ट खुलाएर कानूनी कारबाहीका लागि अनुरोध गरेकी थिइन् । विश्वनाथमाथि बैबाहिक जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जाय सिंह बस्नेतले जानकारी गराएका छन् । उक्त मुद्दामा दोषी प्रमाणित भएमा विश्वनाथले ६ महिनासम्म कैद सजाय भोग्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि