मोरङमा भीषण आगलागी, ९० घर नष्ट, डेढ करोडबराबरको क्षति

१३ चैत्र २०६९, मंगलवार २१:३२ मा प्रकाशित

काठमाडौं, १३ चैत । मोरङको गोविन्दपुरमा भीषण आगलागी भएको छ । स्थानीय रुपली मियाको घरमा विद्युत सर्ट भई सल्किएको आगो छिमेकमा फैलिएर ९० घर खरानी बनेको राससले जनाएको छ । आगलागीबाट करिब डेढ करोडबराबरको धनसम्पत्ति जलेर नष्ट भएको र करिब २ सय ४० परिवार आश्रयविहीन बन्न पुगेको बताइएको छ ।
रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुले आगलागी नियन्त्रण भएपछि घटनास्थलको स्थलगत अवलोकन गरेका र पीडितहरुलाई तत्काल राहतस्वरुप २ सय केजी भुजीया, ४०० केजी चिउरा, ४० केजी प्याज, १० केजी खुर्सानी र केही नगद प्रदान गरिन लागिएको जिल्ला प्रहरी कार्यालयलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न