ड्युटीमा रहेकी हवल्दारलाई होलीका नाममा हिलो छ्यापेपछि..

१३ चैत्र २०६९, मंगलवार १९:१२ मा प्रकाशित

भक्तपुर, १३ चैत । ड्युटीमा रहेकी प्रहरी हवल्दारलाई हिलो छ्यापेको अभियोगमा युवायुवतीको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका–१७ दुधपाटीमा ड्युटीमा खटिएकी प्रहरी हवल्दार पार्वती राईलाई भक्तपुरवाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ख ५०६४ नम्बरको ट्रकमा सवार व्यक्तिहरुले होली खेलेको भन्दै हिलो पानी छ्यापेका थिए । त्यसरी चाडपर्वका नाममा विकृत व्यवहार गर्नेहरुमा रोल्पा जमकोट–९ घर भई गणेश इँटा उद्योग दुवाटोकमा काम गर्ने १४ वर्षीया खिमा डाँगी, १६ वर्षीया गिता डाँगी र १७ वर्षीया मनिषा डाँगी तथा उक्त गाडीका चालक भक्तपुर जिल्ला झौखेल–८ बस्ने ईश्वरमान सुवाललगायत ११ जना रहेका छन् ।
यसैगरी, काठमाडौं महानगरपालिका–१६ बालाजु चोकमा भरतप्रसाद सापकोटाको घरमा भारत उतरप्रदेश घर भई हाल सोही ठाउँ बस्ने ६५ वर्षीय छोटेलाल कलवारले संचालन गरेको मन्जु मिठाई हाउस पसलमा लागूऔषध गाँजा प्रयोग गरी बनाएका अन्दाजी १ हजार २ सय ग्राम लड्डु सहित निज छोटेलाल कलवारलाई महानगरीय प्रहरी बृत्त बालाजुबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच