चुनावविरोधिलाई जनताले खेद्ने

१३ चैत्र २०६९, मंगलवार १८:१६ मा प्रकाशित

काठमाडौं, १३ चैत । एनेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले संविधानसभाको चुनाव ४०–४५ दिनमै गर्न सकिने बताएका छन् । झण्डै ८०–८५ दिन बाँकी रहेको अवस्थामा चुनाव नहुने प्रश्नै नरहेको उनले दाबी गरे । राजधानीमा आयोजित एक कार्यक्रममा उनले चुनाव हुन दिन्नौं भन्ने र चुनाव भाँड्न चाहनेहरु प्रतिगामी हुन् भन्दै  उनीहरुले केही लछार्न नसक्ने दाबी गरे । जसले चुनाव विथोल्न चाहन्छ उनीहरुविरुद्ध जनता नै प्रतिकारमा उत्रन्छन् र चुनावकाविरोधी आफै समाप्त हुन्छन् भन्ने अभिव्यक्तिमा सापकोटाले विशेष जोड दिए । नेकपा–माओवादीको पक्षमा जनता नभएकोले उनीहरुले चाहेर पनि चुनाव नरोकिने प्रष्टोक्ति सापकोटाको थियो ।
वर्तमान सरकार निर्माण प्रक्रियाबारेको सवालमा प्रवक्ता सापकोटाले भने– ‘नयाँ प्रयोग आफैमा जोखिमपूर्ण हुन्छ । यसैले मुलुकलाई संस्थागत गर्छ । विगतमा संविधान नबनेको यथास्थितिका कारणले हो । अब निर्वाचनमा गएर मुलुकलाई अग्रगति प्रदान गर्नुपर्छ । चुनावमा भाग नलिनेलाई जनताले भाँडको रुपमा मात्रै बुझ्ने छन् । त्यसैले चुनावको मैदानमा जाऔं, जितेर आऔं, सरकार बनाऔं ।’
सोही कार्यक्रममा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले चारवटा राजनीतिक शक्तिको सिन्डिकेटले बनेको सरकारले चुनाव गराउनै नसक्ने बताए । जबसम्म चार दलको सहमति सच्चिंदैन तवसम्म चुनाव हुन सक्दैन भन्ने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४