एक मधेस स्वायत प्रदेश अस्विकार्यः सभापति कोइराला

२० चैत्र २०६८, सोमबार १४:५७ मा प्रकाशित

सिराहा, २० चैत । नेपाली कांग्रेसका सभापति सुशिला कोइरालाले नेपाली कांग्रेस एक मधेस स्वायत प्रदेशको पक्षमा नरहेको बताउनु भएको छ । तर नेपाली कांग्रेस मधेसको विकासमा नयाँ रुपले लग्ने उल्लेख गर्नुभयो । गाउँ जागरण अभियानका क्रममा सिरहा पुग्नु भएका कोइरालाले  पत्रकार भेटघामा आफू मधेसलाई  अधिकार सम्पन्न बनाउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।  यसैबीच कोइरालालो मुलुकमा संघियताको सुरुवात ६ प्रदेशबाट हुनुपर्ने र आवश्यकता अनुसार प्रदेशहरु थप गर्न सकिनेमा पनि जोड दिनुभयो । माओवादी सम्झौतामा इमानदार भए चैत्र भित्र शान्ति प्रकृया निष्कर्शमा पुग्ने र संविधान जारी गर्ने आधार तयार हुने कोइरालाको भनाइ छ । सभापति कोइरालाले सिरहामा राजा सल्हेशको ऐतिहासिक स्थल राज महिसोथा स्थित सल्हेश गहबर स्थित राजा सल्हेशको प्रतिमाको दर्शन गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण