न्युयोर्कमा नेपाली व्यवसायीहरुको अन्तरक्रिया सम्पन्न

१३ चैत्र २०६९, मंगलवार १७:५३ मा प्रकाशित

न्युयोर्क, अमेरिका । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स) ले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । न्युयोर्कको रिजउडमा रहेको नेपाली ईण्डीएन रेष्टुरेण्टमा भएको व्यवसायीक अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव राजमान सिंह मल्ल, समाजकल्याण मन्त्रालयका सचिव दिनेश अधिकारी, संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग कार्यवाहक प्रमुख सेवा लम्साल, समाजकल्याण मन्त्रालयका पुर्व मन्त्री बद्रिप्रसाद न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा समाजकल्याण मन्त्रालयका पूर्व मन्त्री बद्रिप्रसाद न्यौपानेले अमेरिकामा रहेका नेपाली व्यवसायीलाई नेपालमा पनि आफ्नो सिप कौशललाई प्रयोग गर्नेका लागि अनुरोध गरेका थिए । मन्त्री न्यौपानेले नेपालमा लगानी भित्राउन समेत आग्राह गरेको र त्यसको लागि आफू हरदम साथमा रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यालयका सचिब राजमान सिंह मल्लले अमेरिकामा रहेका नेपाली व्यवसायीहरु सगंठित भएर अघी बढेकोमा खुशी व्यक्त गर्दै अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स)ले गरेको कामहरुको प्रशंसा गर्नुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै समाज कल्याण मन्त्रालयका सचिब दिनेश अधिकारीले प्रबिधीको विकासले संसार सानो भएको बताउँदै संसारको जुनसुकै स्थानमा बसेता पनि नेपाल र नेपालीको हितमा काम गर्न सकिने कुराको स्मरण गराउँदै अमेरिकामा रहेको नेपालीहरुले नेपालमा लगानि गर्न खोज्नु सरहानिय भएको बताउनुभयो ।
कार्यक्रममा सयुक्तराष्ट्र सघंका लागि नेपाली नियोगका कार्यवहाक प्रमुख सेवा लम्सालले अमेरिकामा रहेका नेपालीहरुवाट आफुले सोचे भन्दा पनि बढि सहयोग पाएको बताउँदै अमेरिकामा रहेका ब्यवसायीहरु संग आफु सधै सहयोगी भएर अघि बढ्ने बताउनुभयो । मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि महावाणिज्य दुत तथा संघका सल्लाहाकार प्रेमराजा महतले म येा संघ स्थापनाको काल देखि सक्रिय रहेको छु । यो नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन हो भन्नुभयो । म महावाणिज्य दुत भएकाले यहाँका नेपाली व्यापारी, व्यवसायीलाई परेको मर्काको, उनीहरुको हकहितका बारेमा सहयोग गर्नु मेरो कर्तव्य हो र उहाँहरुले जसरी संस्थाको निर्माण गर्नु भयो त्यसले म अत्यन्त हषिर्त छु भन्नुभयो ।
कार्यक्रममा व्यवसायीहरुको तर्फबाट बोल्दै अमेरिका नेपाल व्यवसायी संघका उपाध्यक्ष सानुवाबु सिलवालले यूएस नेपाल चेम्बर अफ कमर्स एउटा विशुद्ध रुपमा कहिँ कतै नलागेको अमेरिकामा व्यवसाय गर्ने नेपालीहरुको छाता संस्था रहेकोले यसले नेपालीहरुको आर्थिक बिकास गर्ने टेवा समेत दिने यसले सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकजुट बनाउने छ । यसले यहाँ नेपालीले गरेको लगानिको लेखाजोखा गर्ने छ र यसले संगठित भएर व्यापारीको हकहितको लागी आवाज उठाउने छ भन्नुभयो । यूएस नेपाल चेम्बर अफ कमर्सले गरेका काम तथा आगामी दिनका योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो । उपाध्यक्ष सिलवालले आफुहरुले अमेरिकामा रहेका ब्यवसायीहरुको तथ्यांक समेत निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
न्युयोर्कमा रहेका नेपाली व्यवसायीहरु, पत्रकार तथा नेपाल मिसनका सदस्यहरु सहभागी रहेको कार्यक्रममा अमेरिका नेपाल व्यवसायी सघंका केन्द्रिय सदस्य बेद प्रसाद खरेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने सचिव प्रकाश थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो कार्यक्रममा अमेरिका नेपाल ब्यबसायी सघंका केन्द्रिय सदस्य केदार श्रेष्ठले सहभागी अतिथीहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो ।
३१ स्टेटमा रहेका करिब ३०० जना ब्यबसायीहरुको एक्येबद्धता रहेको सो सस्थालाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । र नेपाल चेम्बर अफ कमर्शले यूएस नेपाल चेम्बर अफ कमर्सलाई काठमाडौंमा अफिसकोठा समेत प्रदान गरेको छ ।
कार्यक्रमका सभापती एवम् सघंका अध्यक्ष मोहन ज्ञवालीले संस्था मार्फत अमेरिकाको बिभिन्न स्टेटमा रहेका व्यवसायीहरुलाई एकजुट गर्दै सम्पुर्ण ब्यासायीलाई एउटै छाता भित्र राखेर नेपालमा लगानी गर्नका लागी पनि पहल गरिने ,जसले अमेरिकामा व्यापार गरेको छ त्यसलाई सरक्षण गर्ने र जसले व्यापार गरेको छैन त्यसलाइृ व्यापार गर्न प्रोत्साहन गर्ने छौ भन्दै सबै व्यापारी, व्यवसायीहरु एक जुट भएर यस संघमा लाग्न आव्हान गर्नुभयो ।
सो अवसरमा अन्तरक्रिया कार्यक्रममा बक्तहरुले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुलाई लगानी गर्न आग्रह गर्नुका साथै असंगठित रुपमा रहेका नेपाली व्यापार, व्यवसायीहरुलाई एउटा छाता मुनि ल्याएर उनीहरुको हक अधिकारका लागी ठोस प्रभावकारी कदम चाल्न नेपाल सरकारका सह सचिब उपेन्द्र प्रसाद अधिकारी, व्यवसायी नबिन शेरचन, कानुन व्यवसायी तथा अमेरिका नेपाल व्यवसायी सघंका सल्लाहाकार खगेन्द्र जिसी, कानुन व्यवसायी बिनोद रोका, बुद्धिजीबी डा तारा निरौला, रिजउड नेपाली सोसाइटीका उपाध्यक्ष रबिकिरण कोइराला, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुन्दर दाहाल लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको