असारमै निर्वाचन गराउने सरकारी तयारी

१३ चैत्र २०६९, मंगलवार १७:५१ मा प्रकाशित

काठमाडौं, १३ चैत । निर्वाचनको तिथिबारे अनेक अडकलवाजी चलिरहेको बेला रेग्मी सरकारका मन्त्री उमाकान्त झाले आगामी असारको पहिलो सातालाई नै संविधानसभा चुनावको मिति निर्धारण गरी घोषणा गर्ने अन्तिम तयारीमा  सरकार जुटिरहेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित होलीको शुभकामना आदानप्रदान समारोहमा सम्बोधन गर्दै ऊर्जा तथा सिंचाई मन्त्री झाले भने– ‘असारको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणा गर्न हामीले निर्वाचन आयोगस“ग परामर्श गरिरहेका छौं । त्यसैअनुसार नै आयोगले पनि निर्वाचनको  कार्यतालिका बनाएको छ, त्यसलाई मिट गर्नेगरी चुनावको मिति घोषणा हुन्छ ।’
सोमबार मात्रै प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिअनुसार चुनाव मंसिरसम्म पुग्ने अनुमान लगाइएकोमा मन्त्रीले असारमै हुने दाबी गर्नुलाई महत्वका साथ हेरिएको छ ।
मन्त्री झाले आगामी मन्त्रिपरिषद्को बैठकमा यस बारेमा निर्णय गरिने खुलासा गर्दै भने– ‘चुनाव असार ४, ५, ६ र ७ गतेभित्र हुन्छ । हामी देशभरि संविधानसभाको निर्वाचन एकैदिनमा गर्ने तयारीमा छौं, संविधानसभा एकै दिन हुनसक्छ भन्ने निष्कर्षमा सरकार पुगेको छ ।’ उनले सबै राजनीतिक दलका नेतालाई चुनावतिर लाग्न आग्रह गर्दै निष्पक्ष र धा“धलीरहित चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरु आतुर रहेको जनाए । चुनावमा भाग लिन्नौं भन्ने दलहरुस“ग पनि परामर्श गरी उनीहरुलाई पनि चुनावमा सहभागी गराउन सरकार गम्भीर बनेको झाको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम