आवश्यक परे कांग्रेसले चुनावी गठबन्धन गर्ने सभापतिको उदघोष

१३ चैत्र २०६९, मंगलवार १७:१५ मा प्रकाशित

काठमाडौं, १३ चैत । निर्वाचनको विरोध गर्दै सडकमा उत्रिएका नेकपा(माओवादी, मधेसी जनअधिकार फोरमलगायतका दलहरुसँग छलफल गर्न नेपाली कांग्रेस तयार रहेको सो पार्टीका सभापति सुशील कोइरालाले बताएका छन् । कांग्रेस चुनावको लागि तयार भएको जनाउँदै कोइरालाले प्रजातन्त्रप्रति आस्था र विश्वास राख्ने अन्य राजनीतिक दलहरुसँग चुनावी गठबन्धन गर्नसमेत आफू तयार रहेको बताए । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले चुनाव असार वा मंसिर जहिले हुने भए पनि आफ्नो दल निर्वाचनमा भिड्न तत्पर रहेको उद्घोष गरे ।
जनताका हकअधिकार, कानुनी शासन र प्रेस स्वतन्त्रताका पक्षमा नेपाली कांग्रेस सदैव लागिरहने कोइरालाको कथन थियो । सोमबार स्यांग्जामा पार्टीको भगीनी संगठन महिला संघको कार्यक्रममा सरिक भएका कोइराला लगत्तै पोखरा पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट