अस्ट्रेलियाव्यापी तेस्रो कविता महोत्सव सम्पन्न

१३ चैत्र २०६९, मंगलवार ०१:४३ मा प्रकाशित

अस्ट्रेलिया । यस बर्षको अस्ट्रेलियाव्यापी तेस्रो कविता महोत्सवमा युवा साहित्यकार बिज्ञान कंडेलको “म नै देश हुँ महोदय” शीर्षकको कविता प्रथम भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु अस्ट्रेलियाले सिड्नम टाउन हल, सिड्नीमा यहि मार्च २३ तारिख शनिबारका दिन आयोजना गरेको अस्ट्रेलियाव्यापी तेस्रो कविता महोत्सवमा आलोक कोइराला (उनीहरु), बिकाश उप्रेती (मेरो दोष) र निरोज जोशी (अनाकृत धुवाँको बेनामी यात्रा) क्रमश: दोस्रो, तेस्रो र सान्त्वना स्थानमा बिजयी भएका छन्।

बिजेता कविहरुलाई न्यू साउथ वेल्स अस्ट्रेलियाका अबैतनिक महावाणिज्यदूत महामहिम दिपक खड्का, एन. आर. एन. आइ. सि. सि. का सल्लाहकार इन्द्रा बन र गोरखा नेप्लिज कम्युनिटी अस्ट्रेलियाका अध्यक्ष डा. नारायण प्रधानले कप, शिल्ड, प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए।
सोही कार्यक्रममा लुम्बिनी-कपिलबस्तु दिवस बिश्व अभियानका अस्ट्रेलिया संयोजक एबं अनेसास, एनएसडब्ल्यु अस्ट्रेलियाकी महासचिव सानु घिमिरेको पहिलो कृति कविता संग्रह “ग्रहण” को लोकार्पण गरिएको थियो। अबैतनिक महावाणिज्यदूत महामहिम दिपक खड्का, एन. आर. एन. आइ. सि. सि. का सल्लाहकार इन्द्रा बन, साहित्यकारत्रय नवराज कार्की, वेद कुमारी न्यौपाने र श्री भक्त अच्युत वाग्लेले संयुक्त रुपमा सो कृतिको बिमोचन गर्नु भएको थियो।

सोही महोत्सवमा साहित्यकार तथा गीतकार वेद कुमारी न्यौपानेको सांगीतिक कोशेली “मधुरिमा” को पनि सर्बजनिकरण गरिएको थियो। कार्यक्रममा लुम्बिनी-कपिलबस्तु दिवस बिश्व अभियानका अस्ट्रेलियाका राष्ट्रिय संयोजक निमा शेर्पा, एनआरएन अस्ट्रेलियाका अध्यक्ष, महासचिव, सल्लाहकार र आइसीसी महिला संयोजक क्रमश: गणेश केसी, महेन्द्र ओली, रामजी बिष्ट र रन्जु थापा, एसोसिएसन अफ नेप्लिज इन अस्ट्रेलियाका अध्यक्ष श्री नापित, मानव अधिकार तथा लोकतान्त्रिक मञ्च अस्ट्रेलियाका अध्यक्ष होम पाण्डे, समाज सेवी भवानी ओली, लोकतान्त्रिक मञ्च अस्ट्रेलियाका अध्यक्ष हरि लामिछाने, बिभिन्न संचारकर्मिहरु लगायत साहित्यप्रेमी महानुभावहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिड्नीमा रहेको भाषा पाठशाला “शब्दामाला” का भाई बहिनीहरुले कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गरेर नेपाली भाषाप्रति आफ्नो सम्मान र प्रेम प्रकट गरेका थिए भने चिनारी नेपालका तर्फबाट सन्तोषी केसीले बेदकुमारी न्यौपानेद्धारा रचित गीतमा नाच प्रस्तुत गर्नु भएको थियो।

भुटानी समुदायका नेपाली साहित्यकारहरुको समेत उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता अनेसास, एनएसडब्ल्यु अस्ट्रेलियाका अध्यक्ष भीमसेन सापकोटाले गर्नु भएको थियो भने संचालन साहित्यकारद्धय सुरेन्द्र दवाडी र सन्ध्या शाहले गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा