प्रजातन्त्रका पक्षधर कमजोर हुँदा संविधान बनेन : कोइराला

१२ चैत्र २०६९, सोमबार २२:११ मा प्रकाशित

काठमाडौं, १२ चैत । चुनावको बिरोध गरिरहेका नेकपा माओवादीलगायतका अन्य दलहरुलाई पनि निर्वाचनका लागि तयार पारेर सिंगो मुलुकलाई नै निर्वाचनमय बनाउने पहल भइरहेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बताएका छन् । कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको पश्चिमाञ्चल क्षेत्रीय कार्यशालाको उद्द्दाटनका अवसरमा सोमबार स्याङ्जा सदरमुकाम पुतलीबजारमा मन्तव्य दिँदै सभापति कोइरालाले अब चुनाव हुनेमा ढुक्क रहन कार्यकर्ताहरुलाई आश्वस्त तुल्याए । उनले पहिलो संविधानसभाको निर्वाचन परिणामबाट पाठ सिकेको कांग्रेसले दोस्रोपटक हुन लागेको निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने बताए ।
चुनावी परिणाम आफ्नो पक्षमा पार्न चुनावकेन्द्रित कार्यक्रमसहित जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिँदै कोइरालाले काँग्रेसको त्यागले चुनावी वातावरण बनेको दाबी गर्दै गएको संविधानसभा निर्वाचनमा प्रजातन्त्रका पक्षधरहरु कमजोर भएकै कारणले संविधानसभाले संविधान नै जारी नगरीकन अवसान हुन परेको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले तोकिएको समयमै चुनाव सम्पन्न गर्ने विश्वास ब्यक्त गर्दै कांग्रेसले अब बहुमत ल्याउने विश्वास व्यक्त गरे । उपसभापति रामचन्द्र पौडेलले पनि प्रजातान्त्रिक पक्षलाई झुक्याएर कमजोर पारिएकैले संविधानसभाबाट संविधान बन्न नसकेको बताउँदै अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन आवश्यक रहेको र ल्याइने दाबी गरे ।
मंगलबार सम्पन्न हुने कार्यशाला गोष्ठीमा पश्चिमाञ्चल विकास क्षेत्रका २ सय ५० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि