छोरालाई बन्दुक हानेर प्रहरीसमक्ष आत्मसमर्पण

१२ चैत्र २०६९, सोमबार १९:१० मा प्रकाशित

काठमाडौं, १२ चैत । साँखुमा एक व्यक्तिले आफ्नै छोरामाथि बन्दुक प्रहार गरी घाइते बनाएका छन् । सुनटोल–९ का ४८ वर्षिय सुकमान घिसिङले २७ बर्षीय छोरा सुर्य घिसिङलाई भरुवा बन्दुक प्रहार गरी घाइते तुल्याएका हुन् । घरायशी विवादमा झगडा बढ्दै गएपछि आवेशमा आएका सुकमानले छर्रागोली भरेर राखेको बन्दुक छोरातर्फ ताकेर एक्कासी पड्काउँदा घटना सूर्य घाइते भएका थिए । सोमबार बिहान १० बजेतिर उक्त घटना भएलगत्तै घाइतेलाई उपचारार्थ मोडेल अस्पताल जोरपाटी लगिएको थियो भने अभियुक्त सुकमानले चाहिँ महानगरीय प्रहरी प्रभाग साँखुमा आत्मसमर्पण गरेका थिए ।
यसैगरी भरुवा बन्दुकको छर्रा लागेर बाग्लुङ पाण्डवसानी–६ जियावर बस्ने २४ बर्षीय गणेशबहादुर क्षेत्री घाइते भएका छन् । सोही ठाउँ बस्ने हिराबहादुर सिरिसले बच्चा र बन्दुक एकसाथ बोकीरहेको र बच्चालाई अर्को काँधतर्फ बोक्न लाग्दा एक्कासी बन्दुक पड्किएर पछाडी रहेका गणेशको घुँडामा लागेको थियो । उपचारको लागि उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ । हिराबहादुर भने नजिकको ओढारमा बन्दुक लुकाएर भागेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको