नयाँ सदस्यता वितरणको माग गर्दै चेम्वरमा तालाबन्दी

१२ चैत्र २०६९, सोमबार १८:५० मा प्रकाशित

काठमाडौं, १२ चैत । सदस्यता लिन खोज्नेलाई षडयन्त्र पूर्ण ढंगले नेपाल च्याम्बर अफ कमर्शले आवेदन नलिएको भन्दै आन्दोलनमा उत्रिएका उद्योगी ब्यवसायीहरुले आफूहरुको माग पुरा भएसम्म चेम्बरमा गरेको तालाबन्दी जारी राख्ने भएका छन् । फागुण २८ गतेको गोरखापत्रमा सूचना निकाली चैत ४ गतेसम्म सदस्यताको लागि आवेदन माग गरिएकोमा समय सकियो भन्दै दुई सय फर्मको आवेदन नलिएपछि उनीहरु तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन ।
उनीहरुले च्याम्बरका पदाधिकारीहरुलाई भेटेर पटक पटक ज्ञापनपत्र बुझाउँदै दवाव दिदै आए पनि बेवास्ता गरेर आफूहरुको संगठनमा आबद्ध हुने मौलिक अधिकारको हनन गरेको आरोप लगाए । सदस्यता फारम रहेको पोका सबैको रोहवरमा खेल्न र नेपाल निर्माण सामग्री ब्यापार संघका उपाध्यक्ष केसरबहादुर बुढाथोकि माथि हातपात गर्ने कर्मचारीलाई निलम्बन गरेर कारवाही गर्न माग गरेका छन् । नभए आन्दोलनलाई अझै कडा बनाउने उनीहरुले चेतावनी दिए ।
कार्यक्रममा बोल्दै आवेदक संघर्ष समितिका संयोजक बद्री खनालले ब्यापारीहरुको सदस्यता लिने अधिकारलाई कुण्ठित गरी ब्यवसायीहरुलाई धरासायी बनाउन खोजेको आरोप लगाए ।
तोकिएकै समयमै सदस्यताकालागि आवेदन दिन गएका ब्यवसायीहरुलाई सदस्यता वितरण नगरे तालबन्दी यथावत राखेर थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने