आर्थिक क्रान्ति गर्ने भन्दै नयाँ दलको घोषणा

१२ चैत्र २०६९, सोमबार १८:०३ मा प्रकाशित

काठमाडौ, १२ चैत । मुलुकका अहिलेसम्मका दलहरुले मुलुकलाई निकास दिनुको साटो सधैं संकटमा मात्रै पार्दै आएकोले त्यसबाट निकास दिनको लागि भन्दै नयाँ पार्टीको घोषणा गरिएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिकका साथै रोजगारी बृद्धि, औद्योगिक क्रान्ति, कृषि क्रान्ति, पर्यटन विकासजस्ता नारा दिएर नेपाल लेबर पार्टीं नामको नयाँ दल स्थापना भएको अध्यक्ष नवलकिशोर साहले जानकारी गराए ।
उनले सधै मुलुक राजनीतिक खिचातानीमा मात्रै अल्झिदा मुलुकको निकासको मुख्य पाटो आर्थिक क्षेत्र नै आझेलमा परेको दुखेसो गरे । उनले आफू नेतृत्वको लेवर पार्टीलाई कुनै बर्गविशेषको नबनाई समग्र नेपालीको पार्टी बनाउने उद्घोष गर्दै नेपालको आर्थिक क्रान्तिको पक्षधर पार्टीमा आउन सबैलाई आब्हान गरे । पार्टी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष नारायण बस्नेत, भीम थपलीया, महासचिव रवीलाल विश्वकर्मा, केन्द्रीय सदस्य रामकुमार खड्का लगायतकाले पार्टी स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण