मधेसी मोर्चाको बिरोधमा मधेसी विद्यार्थीले मधेस बन्द गराउने

१२ चैत्र २०६९, सोमबार १७:५१ मा प्रकाशित

काठमाडौं, १२ चैत । मधेसी यूवा विद्यार्थी जागरण अभियानले ६०१ पूर्वसभासदले राज्यको ढुकुटीबाट लिएको भत्ता फिर्ता नगरेसम्म मधेसबाट चुनाव लड्न नदिने उद्घोष गरेको छ । अभियानले मधेस बन्दसहितको दुई साता लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रममा चैत १३ गतेदेखि १५ गतेसम्म आन्दोलनको प्रचार प्रसार गर्ने, १६ देखि २० गतेसम्म तीन ठूला दल, मधेसी मोर्चा र चुनावी मन्त्री परिषदको भण्डाफोर गर्ने रहेको छ । त्यसैगरी चैत २१ देखि २४ गतेसम्म विघठित संविधानसभाका ६०१ सभासदहरुलाई  मधेस प्रवेशमा रोक लगाउने र चैत २५ गते मधेस बन्द गर्ने कार्यक्रम रहेको छ ।
मधेसी दलहरु सत्ताको महत्वपूर्ण हिस्सेदारी रहेकै बेला मधेसकेन्द्रीत दलका यूवा विद्यार्थी नेता सहभागि अभियानले पहिलो चरणमा गत फागुण १६ गते देखि चैत्र १२ गतेसम्म राजधानीको भद्रकालीमा रिले अनसन गरे पनि बेवास्ता गरेकोले आफूहरु आन्दोलनमा बाध्य भएर आफू संलग्न दल छाडेर आन्दोलनमा उत्रनु परेको अभियानका संयोजक गोपाल राय कुर्मीले बताए । खस जातीले आफूहरुको कुरा नसुन्नु स्वभाविक भए पनि सत्तामै हालिमुहाली गरिरहेको मधेसी मोर्चाले नै नसुन्दा दुख लागेको भन्दै मधेसी मोर्चाले दिएको धोकाको कडा जवाफ दिने उनले चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि