दलितलाई ‘प्रतिभा जाती’ भनाउने माग

१२ चैत्र २०६९, सोमबार १६:५८ मा प्रकाशित

काठमाडौं, १२ चैत । नेपाली समाजलाई आफ्नो सिप र प्रतिभाबाट विकासको क्रममा अघि बढाउँदै आएको जातीहरुलाई अपमानजनक रुपमा ‘दलित’ नभन्न आग्रह गरिएको छ । प्रतिभा जाती नागरिक समाज–नेपालले अब बन्ने संविधानमा दलितको साटो प्रतिभा जाती उल्लेख गर्न माग गर्दै यस्तो आग्रह गरेको हो ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष दलवीर विश्वकर्मा रसाईलेले आफूहरुलाई दलित भनेर अपमानित गर्ने काम गरिएको भन्दै आगामि संविधानमा दलित भन्ने प्रत्येक शब्दको ठाँउमा ‘प्रतिभा जाती’ लेखाउन अभियान नै चलाएको बताए । उनले दलित शब्दले सधैं प्रतिभासम्पन्न जातीलाई अपमानित र अवहेलित पारेको भन्दै यो शब्द नहटेसम्म मुलुकमा जातीय छुवाछुत र विभेद अन्त्य हुन नसक्ने दाबी गरे ।
उपाध्यक्ष लेखबहादुर सुनारले संसारमा महिला र पुरुष गरी दुई मात्रै जाती रहेको अवस्थामा अब बन्ने संविधानले यो मान्यतालाई आत्मसाथ गर्दै स्थापित गर्नुपर्ने धारणा राखे । उनले जातीका आधार राज्यले राहत दिँदा त्यसले जातीय विभेदलाई झनै बढावा दिएको र सो जातीलाई अझै निरीह बनाएको भन्दै अब गरिब र धनीको आधार बनाएर गरिबको उत्थानको लागि कार्यक्रम बनाउनु पर्ने बताए ।
कार्यक्रममा उपाध्यक्षहरु अम्बरबहादुर रनपाल, श्यामकुमार परियार, धनबहादुर बराईली, महासचिव जेवी रसाईली,सचिव ईन्द्रबहादुर विश्वकर्मा, सदस्यहरु रुद्र बराईली, लगायतकाले पनि दलितको ठाँउमा प्रतिभाजाती राखेर मुलुकको उन्नतीमा आफ्नो शिप अर्पण गर्ने जातीलाई सम्मान गर्न आब्हान गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले