बैंक खाताबाट रकम ठग्ने तीन भारतीय ठग प्रहरी नियन्त्रणमा

१२ चैत्र २०६९, सोमबार १५:१० मा प्रकाशित

काठमाडौं, १२ चैत । अर्काको बैंक खाताबाट बैंकका कर्मचारीहरुले नै रकम निकालेर लिने गरेका प्रकरणहरु सुनिँदै आएको सन्दर्भमा एटिएम कार्ड प्रयोग गरी नेपाली नागरिकका खातावाट भारतीयलेसमेत रकम ठगेको घटना प्रकाशमा आएको छ । महेन्द्रनगरका बैंकहरुबाट रकम झिक्दै आएका तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउसमेत गरेको जनाइएको छ । ठगीको रकमबाट स्थानीय बजारमा किनमेल गर्दै गरेको अवस्थामा भारतका मोहनसिँह विष्ट र सुरेन्द्रसिँह विष्ट तथा भारतकै रुद्रपुर लालकुवाका चन्द्रसिँह विष्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट २७ वटा एटिएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि राजधानी झिकाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा