मलेसियामा नेपालीमाथि हमला भएपछि म्यानपावर एजेन्सीमाथि विशेष सुरक्षा

१२ चैत्र २०६९, सोमबार १४:५३ मा प्रकाशित

काठमाडौं, १२ चैत । आइतबार राती मलेसियामा भएको झडपमा ६ नेपालीको हत्या भएको समाचारको पुष्टि नभइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि नेपाली कामदारहरु रहेको एक कम्पनीको होस्टेलमा स्थानीय मलेसियन आक्रमणकारी समूहले होस्टलमा प्रवेश गरी ६ नेपालीको हत्या गर्नुका साथै डेढ दर्जनलाई घाइते बनाएको समाचार सार्वजनिक भएको थियो ।
सो घटनाबारे समाचार सार्वजनिक भएपछि सर्वसाधारण जनता आक्रोशि भई हुलदंगा र तोडफोड हुनसक्ने सम्भावनाका कारण राजधानीका म्यानपावर कम्पनीहरुमा गृह प्रशासनले प्रहरी सुरक्षा बढाएको थियो ।
पछिल्लो समाचारअनुसार मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको कम्पनी होस्टलमा विवाद हुँदा २ जना नेपाली घाइते भएका छन्। उक्त घट्नामा नेपालीको मृत्यु भएको हल्ला चले पनि परराष्ट्र मन्त्रालय र क्वालालाम्पुरस्थित नेपाली दूताबासले मृत्यु नभएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी