कांग्रेसका शीर्ष नेताहरु स्याङ्जामा

१२ चैत्र २०६९, सोमबार १४:२८ मा प्रकाशित

काठमाडौं, १२ चैत । विभिन्न कार्यक्रमको बहानामा नेपाली कांग्रेसका नेताहरुको जिल्ला दौडाहा सुरु भएको छ । मुलुक निर्वाचनमा होमिएपछि राणनीतिक हिसाबले अझै तरंगित हुन नसके पनि कांग्रेस नेतृत्वको नजर गाउँजिल्लातिर पर्न थालेको अनुभूति गरिएको हो ।
यस क्रममा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु सोमबार स्याङ्जा पुगेका छन् । नेपाल महिला संघको पश्चिमाञ्चल स्तरिय दुई दिने कार्यशाला गोष्ठी उद्घाटनका अवसरमा नेताहरु स्याङ्जा गएका हुन् । उक्त गोष्ठीलाई सम्बोधन गर्ने बहानामा नेताहरुले सांगठनिक गतिविधि बुझ्ने र चुनावी गतिविधिमा सक्रियता बढाउन कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको कांग्रेस केन्द्रिय कार्यालय सुत्रले जनाएको छ । मंगलबारसम्म संचालन हुने गोष्ठीमा महिला संगठनको विस्तार, सुदृढिकरण, महिला अधिकार र समावेशीकरण लगायतका विषयमा छलफल हुने नेपाल महिला संघ स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर