निर्वाचन कर्मचारीमाथि माओवादी कार्यकर्ताद्वारा दुव्र्यवहार

१२ चैत्र २०६९, सोमबार १३:११ मा प्रकाशित

काठमाडौं, १२ चैत । चैत १ गतेको कदम सच्याउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएको वैद्य नेतृत्वको नेकपा माओवादीले भावी चुनाव बिथोल्ने कार्यमा जोडबल लगाउन थालेको अनुभूति गरिएको छ । मतदाता नामावली संकलन गर्न हिँडेका कर्मचारीमाथि उनीहरुबाट दुव्र्यबहार भएका समाचार सार्वजनिक भएका छन् । यसै क्रममा  मतदाता नामावली संकलन गर्न म्याग्दीको भकिम्ली गाविस पुगेको टोलीको ल्यापटप नै  माओवादी कार्यकताले लुटेर लगेको घटना प्रकाशमा आएको छ ।
तस्वीर सहितको मतदाता नामावली संकलनमा खटिएका अपरेटर कविता रोका र गाविस सचिव बुद्धीप्रसाद शर्मा समेतको टोली बास बसेको ठाउँबाट आइतबार राति ल्यापटप, क्यामेरा र फारमहरु लगेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ भने चुनावी सरकारको गतिविधिलाई असहयोग गर्ने नीतिअन्तरगत स्थानीय कार्यकर्ताले मतदाता नामावली संकलनमा पुगेको टोलीको सामाग्री नियन्त्रणमा लिएको माओवादीले पुष्टी गरेको छ । ल्यापटप लुटिएकोबारे केही नबोली निर्वाचन कर्मचारीलाई स्थानीय जनताले नै फर्काइदिएको भन्दै सो पार्टीले आफ्नो बचाउको प्रयास गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४