मलेसियामा नेपालीमाथि हमला भएपछि म्यानपावर एजेन्सीमाथि विशेष सुरक्षा

१२ चैत्र २०६९, सोमबार ०८:३८ मा प्रकाशित

मलेसिया, १२ चैत । आइतबार राती मलेसियामा भएको झडपमा ६ नेपालीको हत्या भएको समाचारको पुष्टि नभइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि नेपाली कामदारहरु रहेको एक कम्पनीको होस्टेलमा स्थानीय मलेसियन आक्रमणकारी समूहले होस्टलमा प्रवेश गरी ६ नेपालीको हत्या गर्नुका साथै डेढ दर्जनलाई घाइते बनाएको समाचार सार्वजनिक भएको थियो । सो घटनाबारे समाचार सार्वजनिक भएपछि सर्वसाधारण जनता आक्रोशि भई हुलदंगा र तोडफोड हुनसक्ने सम्भावनाका कारण राजधानीका म्यानपावर कम्पनीहरुमा गृह प्रशासनले प्रहरी सुरक्षा बढाएको थियो । पछिल्लो समाचारअनुसार मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको कम्पनी होस्टलमा विवाद हुँदा २ जना नेपाली घाइते भएका छन्। उक्त घट्नामा नेपालीको मृत्यु भएको हल्ला चले पनि परराष्ट्र मन्त्रालय र क्वालालाम्पुरस्थित नेपाली दूताबासले मृत्यु नभएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड