रेखाको ढोका ‘पप्पु’लाई खुल्ला

१२ चैत्र २०६९, सोमबार ०४:४४ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डको पहिलो महिला अध्यक्ष बन्न नायिका रेखा थापाले लामै राननीतिक दौडधुप गरिन् । तर रेखा अमेरिका गएको बेला यता धर्मेन्द्र मरवैता ‘पप्पु’ बोर्ड अध्यक्ष बनेपछि रेखाको अध्यक्ष बन्ने इच्छामा पूर्णविराम लाग्यो ।

बोर्ड अध्यक्ष बन्ने धोकोको ढोका लगाइदिने उनै ‘पप्पु’सँग रेखाको सम्बन्धको ढोका भने झनै खुकुलो बन्दै गएको छ । शिवरात्रीमा पप्पुसँगै बसेर गाँजाको सर्को लिएर चर्चामा आएको पप्पु र रेखाको जोडी झनै जमिरहेको छ । दोलखाको भीमेसेन मन्दिर दर्शनमा रेखा र पप्पुले सँगै पूजा गरे । पप्पु र रेखासँगै अर्की नायिका झरना थापा समेत देखिइन् ।

प्रस्तावित चलचित्र नगरीको स्थलगत अध्ययनका लागि बोर्डका कर्मचारीसहित दोलखा पुगेका पप्पुले नायिका थापाद्धय आउने भएपछि थप एकदिन दोलखा बस्ने योजना लम्ब्याए । पप्पु दोलखा पुगेको भोलिपल्ट रेखा र झरना ९ चैतमा त्यहाँ गएका हुन् ।

भीमसेन मन्दिरमा भेट हुनु संयोग मात्रै भएको पप्पु र रेखाले फिल्म नेपाललाई बताए । रेखाको भनाइ छ, ‘संयोगले भेट भएको कुरालाई गलत अर्थ नलगाउन म आग्रह गर्छु ।’

नायिका झरनाले भीमसेन मन्दिरमा पप्पुसँगका क्षणहरुलाई आफ्नो फेसबुक पेजमा अपलोड गरेकी छिन् । उनीहरुले पूजा र प्रार्थना समेत गरे, मन्दिरमा । आखिर रेखाको पछि पप्पु लागेका हुन् कि पप्पुका पछि रेखा ? फेरि झरना समेत थपिएकी छिन् । किन ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा एकपटक भएको विवाहलाई सात जन्मसम्मका लागि मान्ने चलन छ । तर एक अमेरिकी अभिनेत्री पामेला एन्डरसनले आफ्नो

काठमाडौं।बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।