माओवादीको वैद्यपक्ष हस्ताक्षर अभियानमा, सस्थापन पक्ष लडाकुसँगको गोप्य प्रशिक्षण

२० चैत्र २०६८, सोमबार १४:३० मा प्रकाशित

काठमाडौ, २० चैत । एकीकृत नेकपा माअमोवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले शान्ति र संविधानका लागि भन्दै हस्ताक्षर अभियान सुरु गरेकोे छ । काठमाडौको नयाँ बानेश्वरबाट सुरु हस्ताक्षर अभियान राजधानीका १५ ओटै निर्वाचन क्षेत्रमा जारी छ । सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधान को पक्षमा हस्ताक्षर  अभियान चलाएको नेतृ पम्फा भूषालले जानकारी दिनुभयो । हस्ताक्षर अभियान अनुसार काठमाडौको नयाँवानेश्वरमा वैद्यकोे नेतृत्वमा काठमाडौ जिल्ला पार्टीको टोली, चाबहिलमा महासचिव रामवहादुर थापाको नेतृत्वमा वौद्धमा केन्द्रीय सदस्य सुरेश आले मगरको नेतृत्वमा, कोटेश्वरमासदस्य दिनेश शर्माको नेतृत्वमा हस्ताक्षर अभियान सुरु गरिएको छ । कलंकीचोकमा नारायण शर्माको र कीर्तिपुरमा हितमान शाक्यको नेतृत्वमा हस्ताक्षर संकलन सुरु गरिएको छ । ललितपुरको मंगलवजारमा स्थायी समिति सदस्य देव गुरुङ, लगनखेलमा पोलिटब्युरो सदस्य पम्फा भुषाल,  भक्तपुर पाच तले मन्दिरमा इन्द्रमोहन सिग्देललाई वैद्यपक्षले हस्ताक्षर अभियानका लागि खटाएको छ । हस्ताक्षर अभियानबाट पार्टी नेतृत्व र अरुदललाई दवाव पुग्ने वैद्यपक्षको विश्वास रहेको छ ।
यसैबीच सस्थापन पक्षले भने नेवा राज्यसमितिको प्रशिक्षण सुरु गरेको छ । काठमाडौको गैरी गाउमा चलिरहेको प्रशिक्षणमा पार्टीको आन्तरिक विवाद, वैद्यपक्षविरुद्ध चाल्ने कदमका विषयमा छलफल भइरहेको छ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगट रहेका छन् । नेवा राज्य समिति भनिए पनि लडाकुहरुलाई पनि प्रशिक्षण दिईरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।