सन्नी लिओनको निसाना सलमान र रणवीर

११ चैत्र २०६९, आईतवार २३:२६ मा प्रकाशित

मुम्बई, एजेन्सी । पोर्न स्टार सन्नी लिओन बलिउडको पहिलो फिल्मी यात्रा असफल हुदै गएपछि सलमान खान र रणवीर कपुर रिझाएर फिल्म हत्याउने खेलमा लागेकी छिन । सन् २०११को विग बोस मार्फत बलिउड छिरेकी उनले हिन्दी फिल्म जिस्म २ र रागिनी एमएमएस २ मा अभिनय गरेकी छिन्। ‘बलिउड छिरेको आफ्नो एक वर्षको यात्रालाई सुखद बताउदै आफ्नो रोमान्टिक र कमेडी फिल्म खेल्ने इच्छा सार्वजनिक गरेकी हुन् । सन्नी लिओनले भनिन म सलमान र रणवीर दुबैसँगफिल्म खेल्न चाहन्छु । म दुबैसँग अभिनय गर्न चाहन्छु । मलाई सलमानको बडिगार्ड मन पर्यो, म सलमानलाई देख्दैमा रोमान्चित हुन्छु । सुटआउट एट वाडालाको प्रवर्द्धन गर्न आयोजित कार्यक्रममा सहभागी भएकी सन्नीले पत्रकारसँग आफ्नो इच्छा सार्वजनिक गरेकी हुन्। सञ्जय गुप्ताको निर्देशनमा बनेको क्राइम ड्रामामा सन्नीले लैला.. गीतमा आइटम डान्स गरेकी छिन् । यो फिल्म सन् १९८२ मा मुम्बईमा भएको प्रहरीको इन्काउन्टरमा आधारित छ । सन्नीले पत्रकारसँग भनिन, ‘मैले यो गीतमा काम गर्न सकुला भन्ने सोचेकै थिइन। सुटिङको पहिलो दिन म धेरै नै आत्तिएकी थिएँ तर जोन आब्रहम, तुसार कपुर र अरुले मलाई सहयोग गरे।’ जोन, तुसार, कङ्गना रनावत, अनिल कपुर र सोनु सुद यो फिल्मको मुख्य भूमिकामा छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

बलिउड अभिनेत्री जान्ह्वी कपुर आफ्नो फिल्म रुहीको विषयमा अहिले चर्चामा छिन् । हालै मात्र आफ्नो जन्मदिन मनाएकी उनी आफ्नो फिल्मको

बलीउड नायिका प्र‍ियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोलेकी छन् । चोपडाले इन्ट्राग्राममा रेष्टुरेन्टको तस्वीर राखेर आफुले सुरु

काठमाडौं । भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘आबन बैठ भट्भटिया प’ वर्ल्डवाईड रिलिज गरिएको छ । भिडियोमा उनी