अमेरिकामा शेखरको ‘ए व्युटिफुल जर्नी अफ स्ट्रगल’ प्रकाशित

११ चैत्र २०६९, आईतवार २२:३१ मा प्रकाशित

वोस्टन, अमेरिका । अमेरिकामा करिब एक दशकदेखि वसोवास गर्दै आउनु भएका शेखर ढुंगेलको ‘ए व्युटिफुल जर्नी अफ स्ट्रगल’ शीर्षकको यात्रा संस्मरणात्मक कृति अमेरिकामा प्रकाशित भएको छ । अमेरिकाको चर्चित प्रकाशन गृह xulonpress.com ले प्रकाशित गरेको यो किताब पुस्तक पसल वा Amazon.com, Barnes&nobel, google e-books मार्फत किन्न सकिन्छ । शेखरका सय कविता, आकांक्षा र सम्झना एवं कुनै दिन… गीति संग्रह, कहाँ छ मेरो देश ? (यात्रा संस्मरण), क्षितिज पारीका सपनाहरु (कथा संग्रह) आदि प्रकाशित गरिसक्नुभएका ढुंगेलले प्रस्तुत कृतिमा झण्डै विगत २० वर्षमा एक दर्जनभन्दा बढी देशको भ्रमण गर्ने सिलसिलामा आफूले देखेको र भोगको विविध पक्षलाई उतार्ने प्रयास गर्नुभएको छ । ‘यो कृतिमा मेरो विदेशी सपना र भोगाइको मार्मिक पक्ष समेटिएको छ’ उहाँ भन्नुहुन्छ । भक्तपुरको कटुन्जेमा जन्मनुभएका ढुंगेलले सो पुस्तकमा जापान, अष्ट्रेलिया, हङकङ, सिंगापुर, बेलायत, फ्रान्स, नर्वे, जर्मनी र अन्तमा हाल आफू बसोवास गरेको अमेरिकाको न्यूह्याम्पसायर राज्य आदि देशमा भोगेका र देखेका विविध पक्षलाई सफलतापूर्वक उतार्ने प्रयास गर्नुभएको छ । उहाँले यसमा मानिस जीवन बाँच्ने क्रममा के कस्ता आपद् विपद् भोग्न वाध्य हुन्छन् भन्ने कुराको जीवन्त प्रस्तुति उतार्नुभएको छ । यो पुस्तकको मूल्य अमेरिकी डलर १५ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत