जनसम्पर्क समिति जापानको दोश्रो क्षेत्रीय अधिबेशन सम्पन्न

११ चैत्र २०६९, आईतवार २२:२७ मा प्रकाशित

आनन्द बहादुर क्षेत्री, जापान – नेपाली काँग्रेसको विदेश स्थित शाखा नेपाली जनसम्पर्क समिति जापानको कोशिनेच्यु होकिरुकु निगातामा गठित क्षेत्रीय कमिटीको दोश्रो क्षेत्रीय अधिवेशन एभरेष्ट ईन्टरनेशनल हलमा यहि मार्च २३ तारिकका दिन बिभिन्न कार्यक्रम सहित शिवजी बर्तोलालाई निर्बिरोध अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

प्रबासमा रहेरपनि नेपाली काँग्रेसको राष्ट्रियता प्रजातन्त्र र समाजवादका आदर्श मूल्य र मान्यता प्रति आस्था राख्दै प्रजातान्त्रिक साथीहरु बिच आपसी भाईचारा बन्धुत्व र एकताई कायम गर्दै सम्पन्न भएको कार्यक्रममा बिपी कोईराला गणेशमान सिंह र गिरिजा प्रसाद कोईरालाको फोटोलाई माल्याणपण गरि कार्यक्रम शुरु गरियको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका उपा अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि नारायण प्रसाद सुबेदीको प्रमुख आतिथ्यमा एवम् नेपाली जनसम्पर्क समिति जापान निगाता कोशिनेच्यु होकिरुकु क्षेत्रीय अध्यक्ष जीवन कुमार थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

अतिथिहरुमा केन्द्रीय सदस्य सी पी खनाल, नेपाली जनसम्पर्क समिति जापानका सल्लाकार तथा एन आर एन उपाध्यक्ष बिष्णु रेग्मी, एन आर एन कोशिनेच्यु होकिरुकु अध्यक्ष उदयराज कडेल हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन क्षेत्रय सचिब निरज कोईरालाले गर्नु भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई भने उपाध्यक्ष शिवजी बर्तोलाले स्वागत मन्तब्य गर्नु भएको थियो ।

कार्य समिति सर्बसहमतिमा चयन गर्ने क्रममा उपाअध्यक्ष निरज कोईराल, सचिबमा अन्जय डल्लाकोटी, सहसचिबमा राजुलाल कुमाल, कोशाध्यक्षमा सबु घिमिरे, कुमाल सदस्यद्धहरुमा भरत उप्रेती, लोकनाथ सिमखडा, पेम्मा लामा, रबि डल्लाकोटी, लक्ष्मी तामांग कोईराला, माधब रेग्मी निर्बिरोध निर्बाचित हुनुभएको छ । सल्लाकारहरुमा नारायण प्रसाद सुबेदी, जिबन कुमार थापा, बिष्णु रेग्मी, उदयराज कडेल, काशीराम उप्रेती, महेन्द्र गौतम र सी पी खनाल रहनु भएको छ ।

कार्यक्रममा आगामी केन्द्रीय महाधिबेशनको बारे छलफ भएको थियो । आगामी दिनमा संगठनलाई अझै मजबुत बनाउदै लैजाने बक्ताले प्रतिबद्धता जनाएका छन् । नेपालमा हुन गई रहेको निर्बाचनमा नेपाली कांग्रेशलाई बिदेशबाट पनि हर क्षेत्रबाट चुनाबमा सयोग पुर्याउने अठोट गरिएको छ । साथै बिदेशबाट पनि मतदान गर्न पाउने बिषयमा गहन छलफल गरिएको थियो ।

नयाँ कार्यसमितिलाई बधाई दिदै प्रमुख अतिथिको आसनबाट नारायण प्रसाद सुबेदीले संगठनलाई अझै एकबद्ध भई बलियो बनाउदै लैजाने बताउनु भएको थियो । अग्रज हरुलाई सम्मान गर्दै नयाँ जोश र उमंगले संगठनको कार्य गर्दै अगाडी बढ्नु पर्ने कार्यलाई अहिलेको कार्यसमितिले निरन्तरता दिनु पर्ने उहाँले बताउनु भयो ।

सभापतिको आसनबाट जिबन कुमार थापाले नेपालमा कांग्रेसले अत्यधिक बहुमत ल्याई निर्वाचन जित्नुपर्ने बताउनु भयो । अन्तमा पूर्णिमा रेष्टुरेन्टमा रात्रीभोज आयोजना गरी रमाईलो गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा