तराईका भूमिगत सशस्त्र समूह सक्रिय, कर्मचारीको हत्या प्रयास

११ चैत्र २०६९, आईतवार २०:२० मा प्रकाशित

काठमाडौं, ११ चैत । दलहरुबीच सहमतिको वातावरण निर्माण भई चुनावी दिशामा देश लम्किन थालेलगत्तै तराईमा सुशुप्त अवस्थामा रहेका भूमिगत सशस्त्र समूहको आतंक सतहमा आउन थालेको छ । मुलुकमा अस्थिरता निम्त्याइरहन यस्ता समूहहरुको गतिविधि विगतमा पनि अहम् कारकतत्वका रुपमा रहेको थियो । समाजमा सशस्त्र गतिविधिसहित अपहरण र हत्याजस्ता घटना गराएर त्रास पैदा गर्न भूमिगत समूहहरु सक्रिय हुन लागेको संकेतका रुपमा महोत्तरीमा आइतबार घटेको एक घटनालाई पनि लिन सकिन्छ ।
महोत्तरी प्रहरीले उपलब्ध गराएको जानकारीअनुसार शिक्षा मंत्रालयका एक कर्मचारीमाथि भूमिगत समूहले महोत्तरीमा शिक्षा कर्मचारीको हत्या गर्ने प्रयास गरेको छ । भाग्यवश ती कर्मचारी बाँच्न सफल भएका छन् । जलेश्वरदेखि वर्दिवासतर्फ जाँदै गरेका शिक्षाका उपसचिव बलबहादुर कार्कीलाई जनतांत्रिक तराई मुक्ति मोर्चाले जाउखचोक भन्ने स्थानमा गोली हानी हत्या प्रयास गरेको हो । मोटरसाइकलमा सवार कार्कीमाथि विपरित दिशाबाट मोटरसाइकलमै आएका दुई जनाले गोली प्रहार गरेका थिए । छाती ताकेर हानेको गोली कार्कीको शरिरमा प्रवेश गर्न नपाए पनि कपडामा भने प्वाल पारेको थियो । गोली सोझै लाग्न नसकेकोले लगाएको स्विटर र सर्टमा गोलीले प्वाल पार्नुको साथै माथिल्लो खल्तिमा राखेको पर्समा क्षति पुगेको पीडितले जनाएको प्रहरीले बताएको छ ।
यसैबीच टेलिफोनमार्फत् जनतांत्रिक तराई मुक्ति मोर्चाले घटनाको जिम्मा लिएको बताइएको छ । मोर्चाप्रमुख राजनमुक्तिले संचारकर्मीलाई फोन गरी आफनो सेना प्रमुखको नेतृत्वमा रहेको टोलीले कार्कीमाथि भौतिक कारबाही गरेको जनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको