माओवादीको अगुवाईमा सरकारविरुद्ध कडा आन्दोलनको तयारी

११ चैत्र २०६९, आईतवार १९:३२ मा प्रकाशित

काठमाडौं, ११ चैत । प्रमुख दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका र यथाशीघ्र निर्वाचन गराउने प्रयोजनले सरकारद्वारा निर्वाचन आयोगमा रिक्त आयुक्तहरुको पदपूर्ति गरेकै दिन सम्भावित निर्वाचनविरुद्ध नेकपा माओवादी लगायतका झण्डै तीन दर्जन दलहरुको एक मोर्चाले आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गरेका छन् । वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन अवैधानिक भएकोले चुनाव हुन नदिने भन्दै ती दलहरु निर्वाचनविरुद्ध नै आन्दोलनमा उत्रिएका हुन् ।
माओवादीसहितका ३३ दलहरुले आइतबार सार्वजनिक गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रमअनुसार आगामी १५ देखि २५ गतेसम्म जनजागरण, जनपरिचालन, धर्ना, घेराउदेखि नेपाल बन्द सम्मका कार्यक्रमहरु गरिने छन् ।  संघर्षका कार्यक्रमअन्तर्गत चैत्र १५ गते मुलुकका मुख्य सहरहरुमा कोणसभा, १६, १७ र १८ गते भित्ते लेखन तथा प्रचारप्रसार, १९ गते ठूला सहरमा विरोध सभा, २० गते राजधानीमा सिंहदरबार र बाहिर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने आइतबार बसेको साना दलको संयुक्त बैठकले तय गरेको छ । २१ गते कालो झण्डासहित मोटरसाईकल र्‍याली र २२ गते कोणसभा गर्ने उनीहरुको कार्यक्रम छ ।
यस्तै, रेग्मी नेतृत्वको चुनावी सरकारले संविधानसभाको आगामी निर्वाचनलाई प्राभावित गर्ने खालका निर्णय गर्न तत्काल बन्द गर्नुपर्ने माग समेत बैठकले अघि सारेको छ । यसले निर्वाचन आयोगद्वारा सुरु गरिएको फोटोसहितका मतदाता नामावली संकलन कार्यमासमेत नकारात्मक प्रभाव पार्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा